२३ माघ २०७२, शनिबार

बीरगञ्ज नाकाको अवरोध हटेपछिको आधिकारिक धारणा बनाउन आन्दोलनरत मधेशी मोर्चाका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । आन्तरिक छलफलपछि आजै बैठक बसेर औपचारिक धारणा बनाउने मोर्चाका नेताहरुले बताएका छन् ।

madheshi-morcha-leaders
नाकाकेन्द्रित आन्दोलन लामो समयसम्म जारी रहँदा जनताले दुख पाएको भन्दै मोर्चाले आन्दोलनको स्वरुप परिवर्तन गर्ने संकेत गरेको हो । पाँच महिनासम्मको नाकाबन्दीले काठमाडौँलाई दबाब दिन नसकेकाले आन्दोलनको स्वरुप फेरिनुपर्ने मोर्चाको निष्कर्ष छ । हिजो रक्सौल नाका खुलेलगतै प्रधानमन्त्री केपी शर्मा ओली र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोलाई धन्यवाद दिनुभएको छ । उहाँहरुले महतोलाई छिटो काठमाडौं आएर मोर्चा र तीन दल मिलेर समस्याको समाधान गर्न आग्रह गर्नुभएको थियो ।
यसअघि, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले अन्य नाका खोलेर वीरगन्ज मात्र बन्द गर्दा तस्करी र कालाबजारिया बढेकाले छिटो नाका सहज बनाइनुपर्ने बताउँदै आउनुभएको थियो ।

LIVE TV