२३ माघ २०७२, शनिबार

सोनिका लामाको चौथो एल्बम ’सोनिका’ मा रहेको ‘दिलको कारागार’ बोलको गीतको म्युजिक भिडियो काठमाडौंको एक कार्यक्रममा सार्वजनिक गरीएको छ । सोनिका लामाको यो चौथो एल्बम हो ।
vlcsnap-2016-02-05-16h05m12s651
दिलको कारागार बोलको गीतलाई सोनिका लामाको स्वरमा आफैले अभिनय पनि गरेकी छिन् । उक्त भिडियोलाई चिर्स ईन्टरटेन्मेन्टको व्यानरमा दशरथ गीरीले निर्देशन तथा सम्पादन गरेका छन् । गीतको शब्द र कम्पोज केदार नेपालीको रहेको छ । नरेश भेर सिङ्गको नृत्य निर्देशनमा सबिन श्रेष्ठ, सोनिका लामा र नरेशले फिचरीङ्ग गरेका छन् । त्यस्तै उक्त म्युजिक भिडियोलाई दिनेश रावतले सह निर्देशन गरेका छन् भने रामेश्वर कार्कीको सिनेमाटोग्राफि रहेको छ । सलमान जस्तो यार चाहियो गीतको म्युजिक भिडियो सार्वजनि कार्यक्रममा निर्देशक दशरथ गीरी, गायिका तथा मोडल सोनिका लामा, नरेश, सबिन श्रेष्ठ लगाएत पत्रकारहरुले साथ दिएका थिए । नायक सबिन श्रेष्ठले आफुलाई यस गितमा सलमान खानको भुमिकामा अभिनय गराउँदा दंग पर्दै निकै राम्रो म्युजिक भिडियो रहेकोले सबैलाई मन पर्ने बताएका छन् ।
vlcsnap-2016-02-05-16h09m06s803

सोनिका एल्बमका गायिका तथा मोडल सोनिका लामाले पनि बिगतका गीत तथा भ्युजिक भिडियोले जस्तै यो गीत र म्युजिक भिडियोले पनि दर्शकहरुको साथ पाउने बताउँछन् ।
vlcsnap-2016-02-05-16h06m35s585

भिडियोका निर्देशक दशरथ गिरीले पनि गीतका साथै भिडियो पनि निै राम्रो भएको हुनाले सबैले मन पर्ने बताएका छन् । त्यस्तै रचनाकार केदार नेपालीले पनि गीत संतीतका साथै भिडियो निकै राम्रो भएको दर्शकहरुको साथ पाउने बताउँदै सफलताको शुभकामना पनि दिएका थिए ।

LIVE TV