२३ माघ २०७२, शनिबार

१. असोज ७ गतेदेखि ठप्प रक्सौल नाका १ सय ३५ दिनपछि सञ्चालनमा, अवको आन्दोलनको स्वरुपबारे छलफल गर्न मोर्चाका नेताहरु आन्तरिक छलफलमा ।

२. धनुषामा काँग्रेसका स्थानीय नेता राजेन्द्र प्रसाद यादवको गोली हानी हत्या, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई ।

३. सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गएराति ५ दशमलब ५ रेक्टर स्केलको भूकम्पको धक्का महशुस, भूकम्पपछिको भागदौडमा काठमाडौं उपत्यकामा ७० जना घाइते ।

४. स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा मालागाद्वारा गेटाफे ३–० ले पराजित, २३ खेलबाट ३० अंक जोडेको मालागा दशौं स्थानमा ।

५. र, भारतको गुजरातमा भएको यात्रु बस दुर्घटनामा ४२ जनाको मृत्यु, १८ जना घाइते, ज्यान गुमाउनेका परिवारलाई सरकारद्वारा राहतको घोषणा ।

 

 

LIVE TV