२३ माघ २०७२, शनिबार
  • यादव देवकोटा

नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि भएको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन परिणाम आउन थालेको छ। शुक्रबार अपरान्हदेखि देशका विभिन्न जिल्लाका अधिकांश निर्वाचन क्षेत्रमा निर्वाचनका माध्यमबाट महाधिवेशन प्रतिनिधिहरुको चयन भएको छ।

prakash

नेपाली काँग्रेसको सम्पन्न भएको क्षेत्रिय स्तरको सम्पन्न निर्वाचनले गोर्खाको क्षेत्र नम्बर १ बाट धिरन थापा २ मा गोबिन्द गुरुङ्ग र ३ मा ईन्द्र बहादुर गुरुङ्ग बिजयी भए ।हिजोको निर्वाचन बाट क्षेत्र नम्बर १ को सचिबमा ध्रुव प्रसाद खनाल र कोषाध्यक्षमा सन्तोष घिमिरे निर्वािचत भएका छन । क्षेत्र नम्बर १ कै महाधिबेशन प्रतिनिधिको निर्वाचनमा सबैभन्दा धेरै मत १ सय ५९ ल्याएर चिरञ्जीवी वाग्ले बिजयी भएका हुन् । त्यस्तै किरणबाबु श्रेष्ठले १ सय ४७, ईश्वर पाण्डेले १ सय ४१, राजनराज पन्तले १ सय ६, भूगोल थापाले ९४ र जर्नादन अर्यालले ८० मत ल्याएर बिजयी भए । साथै जानुका पन्त, कमला लामिछाने, हरी गान्धारी, रेशम गुरुङ्ग, अलि उल्ला मियाँले महाधिबेशन प्रतिनिधिमा बिजयी भएका छन् । तर उम्मेद्वारी दिएका पूर्वसभासद जीवनप्रेम श्रेष्ठ भने नमजाले पराजित भएका छन ।

क्षेत्र नंं २ मा गणेश देवकोटालाई गुरुङ्गले हराएका थिए । गुरुङ्गले १ सय ६३ मत ल्याए बिजयी भएका हुन् । त्यस्तै गरी सचिवमा मानप्रसाद धितालले १ सय ६४ र कोषाध्यक्ष जीवन बानियाँ सर्व सम्मत भएका हुन् ।क्षेत्र नम्बर २ को महाधिबेशन प्रतिनिधिमा सबैभन्दा धेरै १ सय ४० मत ल्याएर प्रकाशचन्द्र दवाडी बिजयी भएका  छन् भने मोहन प्रकाश पोखरेल १ सय ३३, बेद प्रकाश काप्रीले १ सय १४ मत, सुकदेव दवाडीले १ सय ५, फणिन्द्र धिताल ९१ र ओम बहादुर गुरुङ्गले ८९ मत ल्याएर मधाधिबेशन प्रतिनिधिमा जित हात पारेका हुन् ।र मधाधिबेशन प्रनिनिधि जित्नेमा ईश्वर परियार, अब्दुल सतार, मनकुमारी गुरुङ्ग, चन्द्रमाया गुरुङ्ग र नारायण गुरुङ्ग पनि हुन् ।

rajendra

गोरखा क्षेत्र नं. ३ को सभापतिमा चुनावमा सभापतिका उम्मेदवार जीवन वन्तलाई हराउँदै गुरुङ्ग बिजयी भएका छन् । क्षेत्र नम्बर ३ को सचिवमा दिनेश खनखवास र कोषाध्यक्षमा पेम्वा रेतार लामा सर्वसम्मत रुपमा चयन भएका हुन् ।महाधिवेशन प्रतिनिधीमा  जगत बराम सर्वसम्मत भए भने सबैभन्दा धेरै मतका साथ राजेन्द्र बजगाइँ महाधिबेशन प्रतिनिधि चुनिय । चीनकाजी श्रेष्ठ, हरिबहादुर घले, नन्दप्रसाद न्यौपाने, प्रेमकुमार खत्री, डिल्लीराम तिमिल्सिना र रामु नेपालीसमेत क्षेत्र नम्बर ३ का महाधिबेशन प्रनिनिधिमा विजय भए। राति अवेरसम्म जारी मतगणनाको परिणामले गोर्खाको कांग्रेस राजनीतिमा यूवाहरुकै बढी हाली-मुहाली देखियो  ।

 

LIVE TV