२३ माघ २०७२, शनिबार

नेपाली कांग्रेसको १३ औं महाधिवेशनका लागि भएको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन परिणाम आउन शुरु गरेको छ । राति अवेरसम्म जारी मतगणनाको परिणाम अनुसार शेरबहादुर देउवा पक्षले आफ्नो स्थिति सुदृढ गरेको छ ।

kangreshflag
कांग्रेसको क्षेत्रीय अधिवेशन र महाधिवेशन प्रतिनिधि छनोटको मत गणता अनुसार देउवा पक्षले अघिल्लो महाधिवेशनमा भन्दा बढी सुधार गरेको हो । तराईका केही जिल्लाबाहेक सबै क्षेत्रमा अधिवेशन सम्पन्न भए पनि महाधिवेशन प्रतिनिधि चयको मतगणना परिणाम भने पूर्ण रुपमा आइसकेको छैन ।
काठमाडौंको निर्वाचन क्षेत्र नम्बर १० मा पुकार महर्जन क्षेत्रीय सभापतिमा निर्वाचित हुनुभएको छ । उहाँसँगै महाधिवेशन प्रतिनिधिका लागि सांसद राजेन्द्रकुमार केसी नेतृत्वको समूहले विजय हासिल गरेको छ । सांसद केसी महामन्त्री प्रकाशमान सिंह निकट सांसदका रुपमा परिचित हुनुहुन्छ । त्यसैगरी, काठमाडौं क्षेत्र नम्बर ३ को निर्वाचनमा पूर्व सांसद चक्रबहादुर ठकुरीका छोरा विमल ठकुरी सहित बहुमत प्रतिनिधिहरु वरिष्ठ नेता शेरबहादुर देउवा निकट चिनिनुहुन्छ ।
त्यसैगरी, दाङ क्षेत्र २ र ४ बाट अधिकांश प्रतिनिधिहरु देउवा र खुमबहादुर खड्का निकटस्थ रहेका छन् भने कञ्चनपुरको ३ र ४ बझाङ १ बाट पनि देउवा पक्षको अत्याधिक संख्यामा प्रतिनिधिहरु चयन भएर आएको जिल्लास्तरिय नेताहरुले बताएका छन् ।
कास्कीको क्षेत्र नम्बर १ बाट कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वसभामुख तारानाथ रानाभाट, सांसद यज्ञबहादुर थापा क्षेत्र नम्बर ४ बाट पूर्व सांसद शुक्रराज शर्मा, महादेव गुरुङ र क्षेत्र नम्बर २ बाट सांसद शारदा शर्मासहित सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरहुनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV