
एजेन्सी – न्युजिल्यान्डका आर्थिक विकास मन्त्रीमाथि एक सार्वजनिक समारोहमा यौन खेलौना (सेक्स टोय) प्रहार भएको छ । मन्त्री स्टेभन जोयसको अनुहारमा जोसी बट्लर नामक नर्सले एउटा ठूलो रबरको लिंग प्रहार गरेकी हुन् । उनले त्यसो गर्दा हाम्रो सार्वभौमिकतामाथि बलात्कार गरेको हैनस् भनेर कराएकी थिइन् ।
जोसीले अकल्यान्डमा बिहीबार हस्ताक्षर भएको ट्रान्स प्यासिफिक पार्टनरसिप (टिपीपी) व्यापा सन्धिको विरोधमा आफूले उक्त हर्कत गरेको स्पष्टोक्ति दिइन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।