
प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी पीताम्बर अधिकारी र विमानस्थल सुरक्षा कार्यालयका एसपी विकासराज खनाललाई छानबिनका लागि मुख्यालय झिकाएको छ । आन्तरिक छानबिनका लागि उनीहरूलाई शुक्रबार मुख्यालय झिकाइएको हो । ललितपुर परिसरका तीन अधिकृत गत मंगलबार घुससहित पक्राउ परेपछि कार्यालय प्रमुख रहेका एसएसपी अधिकारीमाथि पनि छानबिन गर्न लागिएको हो ।
पेट्रोल पम्पको स्वामित्व विवादमा मुद्दा मिलाउने भन्दै घुस लिएको आरोपमा डिएसपीसहित तीनजनालाई गत मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको थियो । डिएसपी दयानिधि ज्ञवाली, इन्स्पेक्टर रमेश सिंह र सई लालमणि पाण्डे रंगेहात पक्राउ परेका थिए । एसएसपीको कमान्ड कमजोर हुँदा उक्त घटना भएको भन्दै मुख्यालयले उनलाई झिकाएको हो । त्यस्तै, विमानस्थलमा कार्यरत एसपी खनाललाई पनि हेडक्वार्टर तानिएको छ ।छा