
पप गायिका साकिराले २९ औं जन्म दिन मनाएकी छिन् उनले आफ्नो जन्मदिन प्रशंसकको साथमा बिना मेकअपको सेल्फि खिचेर मनाईन् । सककिराले बिना मेकअपको तस्बिर अनलाइनमा पनि पोष्ट गरेकी छिन् ।
ईन्स्टाग्राममा पोष्ट भएको ताजा तस्बिरमा प्रशंसकहरुको साथमा मुस्कुराउँदै गरेको नजर आएको छ ।यस तस्बिरमा उनले मेकअप पनि गरेका छैनन् । ‘ हिप्स डोन्ट लाईक’ का गायिकालाई राम्री देख्नमा यो तस्बिरले साबित गरेका छन् की उनको सुन्दरतामा मेकअपको आवश्यकता छैन । दुई बच्चाका आमा शाकिराले आफ्नो जन्मदिनको मौका पारेर डिज्नीको आउने फिल्म ‘जुटोपिया’को नयाँ गीत तथा भिडियो पनि अनलाइन मार्फत सार्वजनिक गरेकी छिन् । उनले सार्वजनिक गरेकी नयाँ गीतको टाईटल ट्राई एभ्रिथिङ्ग रहेको छ । यस गीतमा शाकिराले निकै राम्रो आवाज दिएकी छिन् ।