
नेपाल यु १९ विश्वकप क्रिकेटको क्वार्टरफाइनलमा आयोजक बंगलादेशसंग पराजित भएको छ । नेपाललाई ६ विकेटले पराजित गर्दै बङगलादेश यु–१९ विश्वकपको सेमिफाईनलमा प्रवेश गरेको छ ।ढाकाको शेर बंगाल क्रिकेट मैदानमा शुक्रबार टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारीत ५० ओभरमा नौ विकेट गुमाउँदै दुई सय ११ रनको योगफल बनाएको तयार पारेको थियो । ब्याटिङ तर्फ नेपालका कप्तान राजु रिजालले ८० बलमा आठ चौका र एक छक्को मद्धतमा ७२ रन बनाए पनि टिमलाई जित दिलाउन सकेन्न । त्यस्तै सुनिल धमलाले २५ रन बाहेक अन्य ब्याट्सम्यानले खासै उल्लेखनीय ब्याट्स चलाउन सकेनन् । यता दुई सय १२ रनको विजयी लक्ष्य सहित ब्याटिङमा आएको बङगलादेशले मात्र छ बल बाँकी हुँदा चार विकेटको क्षतिमा पाएको लक्ष्य पुरा ग¥यो । जाकिर हुसेनले अविजित ८५ रनको योगदान गर्दा उनीसंगै मिलेर मेहदी हसन विराजले व्यक्तिगत ५५ रन सहित बङगलादेशका लागि १ सय ३ को साझेदारी गरेका थिए । यो जितसगै बङगलादेशले सेमिफाइनलमा पुगेर नयाँ इतिहास समेत रचेको छ ।
सेमिफाइलनको यात्रा बंगलादेशका लागि पहिलो हो । समुहको अन्तिम खेलमा भारतसँग सात विकेटले पराजित भएर समूह डीको उपविजेता बनेको नेपालले क्वाटरफाइनलमा समूह ए को विजेता बंगलादेश प्रतिष्पर्धी पाएको थियो । यता पराजित टोलि नेपालले भने पाँचौं स्थानका लागि शनिबार भारत र नामिबियाबीच हुने दोस्रो क्वाटरफाइलनमा पराजित हुनेसँग प्लेअफ म्याच खेल्ने छ । यसअघि बंगादेशले सबै भन्दा ठूलो उपलब्धि सन् २००६ मा हात पारेको थियो । बंगलादेश त्यस बेला पाँचौं स्थानमा रहेको थियो । त्यस्तै, नेपालले १६ वर्ष अघि सन् २००० मा ८ औं स्थानमा रहेर प्रतियोगिता टुंग्याएको थियो ।