
चैत्रको ५ मा रीलीज डेट तोक्दै लक्ष्य फिल्मका निर्माण पक्षले फिल्मको बारेमा जानकारी सार्वजनिक गरेका छन् । फिल्मलाई ओमलाल गुरुङ्गले निर्माण गरेका छन् भने मिलन आले मगरको निर्देशन रहेको छ् । एक्शन नायक सबिन श्रेष्ठ लक्ष्य फिल्ममा पनि एक्शन भुमिकामा नै देखिने बताएका छन् । फिल्म एक्शनका साथै ड्रामा,र देशभक्ति रहेको नायक श्रेष्ठले बताउँछन् । सुटिङ्ग गर्ने क्रममा निर्माता गुरुङ्गले आफ्नो मागहरुलाई कम्प्रोमाइज नगरीकन पुरा गरेको र पहिलो चोटि काम गर्न पाउँदा निकै खुशि भएका पनि बताए ।
लक्ष्य फिल्मलाई एक सय २५ दिन भन्दा बढि सुटिङ्ग भएको फिल्मका निर्माण पक्षले बताएका छन् । अहिलेको योङ्ग जेनेरशनलाई टार्गेट गरेर निर्माण गरीएको लक्ष्यका निर्देशक मिलन लाले मगर बतएका हुन् ।
लक्ष्य फिल्मका नायिका अनु शाहले पत्रकारकारको भुमिकामा अभिनय गरेकी दर्शकहरुले देख्न पाउने बताएकी छिन् । त्यस्तै फिल्मको शुटिङ्ग गर्दा धेरै समस्याहरु भए पनि रमाईलोका साथ सम्पन्न भएको र फिल्म राम्रो र एक्शन मुभि भएको बताउँदै फिल्म हेरीदिन पनि आग्रह गरीन् ।
एक्शन, ड्रामा, र देशभक्ति रहेको फिल्म लक्ष्य पारीवारिक फिल्म बनेको निर्माण पक्षको भनाई रहेको छ । फिल्मका निर्माता ओम लाल गुरुङ्गका अनुसार लक्ष्य फिल्म एउटा पारीवारीक,एक्शन,र लभस्टोरी फिल्म हो । प्राविधिक कारण फिल्मको शुटिङ्ग लामो भएको पनि निर्माता गुरुङ्ग बताउँछन् । चैत्रको ५ गतेनै सबिन श्रेष्ठ अभिनित अर्को फिल्म भाग सानि भाग पनि प्रदर्शनमा आउने भएको छ । एउटै नायकको दुई फिल्महरु एकैचोटि हलहरुमा लाग्दा राम्रो फिल्महरु पनि नचल्ने भन्दै निर्माता गुरुङ्गले गुनासो पोखेका छन् । त्यस्तै चैतको ५ मा रीलीज हुदै गरेको लक्ष्य फिल्म दर्शकहरुले हेरीदिनहुन आग्रह पनि गरेका छन् ।
पारीवारीक र एक्शन प्रधान रहेको फिल्म लक्ष्यमा सबिन श्रेष्ठ, अनु शाह, सारीका केसि, सुनिल थापा लगाएतले अभिनय गरेका छन् ।