
नेपाल आयल निगमले आज ३१ देखि ४५ लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पाँच लिटरका दरले पेट्रोल बिक्री गरिरहको छ । निगमले काठमाडौं उपत्यका र काभ्रेका विभिन्न ५१ वटा पम्पबाट बिहान ९ बजेदेखि पेट्रोल बिक्री गरेको जनाएको छ ।
मोटरसाइकल तथा स्कुटरलाई लट नम्बरका आधारमा पेट्रोल बिक्री गर्दै आएको निगमले आज पनि पेट्रोल दिन लागेको हो । नविकरण गरिएको ब्लु बुकसहित लट नम्बरका आधारमा तोकिएका मध्ये आफूलाई पायक पर्ने पम्पमा गएर तेल भर्न निगमले आग्रह गरेको छ । तोकिएको लट नम्बर अनुसार लाइनमा बसे नबसेको र बिक्री वितरण सहज रुपमा भए नभएको बारे बाणिज्य विभाग, नेपाल आयल निगम तथा प्रहरीको संयुक्त टोलीले अनुगमन गर्ने जनाइएको छ । निगमले बुधबार १ देखि ३० लटसम्मका मोटरसाइकल तथा स्कुटरलाई पेट्रोल बिक्री गरेको थियो । बाँकी लटका लागि पछि सूचना निकालिने निगमले जनाएको छ ।