२२ माघ २०७२, शुक्रबार

महानगरीय अपराध महाशाखाले दुर्लभ वनस्पति  गरेको छ । प्रहरीले अभियुक्तहरुवाट १ हजार २ सय ३४ केजी लुटेको सतुवासमेत वरामद गरेको छ । महाशाखाले सिन्धुपाल्चोक, बाह्रविसेका पृथ्वी भन्ने तिर्थ बहादुर तामाङ्ग, दिल बहादुर रुम्बा, नोर्वु पासाङ्ग लामा र कर्थलीका साङ्गेल शेर्पालाई विहिवार सार्वजनिक गरेको हो ।

123

अभियुक्तहरुले लुटेको सतुवा काठमाडौंको काँगेश्वरी स्थित गोठाटारमा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको अपराध महाशाखाका प्रवक्ता एसपी सहकुल थापाले जानकारी दिनुभयो । उनीहरुवाट ७ लाख ५० हजार रुपैयाँसमतेत वरामद भएको प्रवक्ता थापाले बताउनुभयो । गत पुष ३० गते काठमाण्डौको वौद्धमा विक्री गर्न बा २ च ५५९२ नम्बरको बोलेरो पिक अप भ्यानमा सतुवा लोड भएको थियो । किर्तिपुरमा लोड गरेको भ्यान कलंकीतर्फ पठाएर अभियुक्तहरुले लालवहादुरलाई सातदोवाटो तर्फ लगेका थिए । त्यसपछि थापाले प्रहरीको सहयोग मागेका थिए । चिनीया व्यापारीलाई विक्री गरिदिने वहानामा उनीहरुले लालवहादुर थापावाट एक वोलेरो सतुवा गायव बनाएको पीडितको भनाई छ ।
नाटकीय रुपमा लुटेको सतुवामध्ये १२ सय ३४ केजी वरामद भएको प्रहरीले जनाएको छ । थप ९ वोरा हराइरहेको पीडितहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV