२१ माघ २०७२, बिहीबार

सरकारले जग्गा विकास अर्थात प्लटिङ सम्बन्धी कानुन नल्याउदा मोरङमा जग्गा प्लटिङ कार्य पुनः शुरु भएको छ । सरकारले चालु आर्थिक वर्ष ०७२÷७३ को बजेट वक्तव्यमा जो कोहीलाई जथाभावी जग्गा विकास गर्न दिदा व्यवस्थित शहरीकरणमा नकारात्मक प्रभाव पर्ने भन्दै कानुन ल्याउने जनाएको थियो । सरकारले प्रतिवद्दता गरे पनि अहिले सम्म कानुन ल्याउन सकेको छैन् । यति मात्र नभई सम्बन्धित निकायहरुले निर्देशन समेत नपठाएकोले प्लटिङ रोक्न नसकिएको मोरङको कटहरी गाविसकी सचिव किरण देवी देवले जानकारी दिनुभयो ।

vlcsnap-2016-02-04-17h37m52s229 vlcsnap-2016-02-04-17h37m57s29 vlcsnap-2016-02-04-17h38m03s107 vlcsnap-2016-02-04-17h38m09s144 vlcsnap-2016-02-04-17h38m20s245

मोरङमा मुख्य रुपमा विराटनगर उपमहानगरपालिका र छिमेकी गाविसहरुका साथै नयाँ घोषित नगरपालिकाहरुमा जग्गा प्लटिङ गर्ने गरिएको छ । जग्गा प्लटिङ गर्ने जग्गा दलालहरुले सम्बन्धित निकायहरु गाविस कार्यालय, नगरपालिका, जिल्ला विकास समिति र शहरी विकास कार्यालयलाई समेत जानकारी नदिई जग्गा बेचबिखन गरिरहेका छन् । स्थानीय निकायलाई जानकारी नै नदिई प्लटिङ गर्दा समेत जिल्ला प्रशासन कार्यालय मोरङले रोक्न सकेको छैन ।

विगत १० वर्षमा मोरङमा करिब १२ हजार हेक्टर खेतीयोग्य जग्गा प्लटिङ गरिएको जिल्ला कृषि विकास कार्यालय मोरङले जनाएको छ । सो कार्यालयका अनुसार मोरङको एक हेक्टर जग्गामा करिब ४ मेट्रिक टन धान, साढे २ मेट्रिक टन गहुँ र ८ मेट्रिक टन सम्म मकै उत्पादन गर्न सकिन्छ ।

LIVE TV