२१ माघ २०७२, बिहीबार

अहिले पनि सुविधासम्पन्न निजी विद्यालयमा पढ्नु र पढाउनु सामान्य परिवारका लागि असम्भवजस्तै छ । अझ सुविधासम्पन्न होस्टलमै बसेर सित्तैमा खाने बस्नेदेखि पढ्नेसम्मको सपना त धेरैका लागि सपनाबाहेक अरु केही हुनै सक्दैन । तर राजधानीकै एक विद्यालयले भने विभिन्न जिल्लाका ३५ जना गरीब तथा अनाथ बालबालिकाहरुलाई यी सब सुविधा उपलब्ध गराएर पढाइरहेको छ ।
यो मीठो धुन बजाउने बालबालिकाहरु हुन्, भ्याली पब्लिक स्कुलले सञ्चालन गरेको ‘चारलोट् ह्यावेन अन अर्थ चाइल्ड केयर सेण्टर’ नामक होस्टलमा बसोबास गरिरहेकाहरु । यी बालबालिकासँगै अन्य ३५ बालबालिकालाई भ्याली पब्लिक स्कुलले खानेबस्ने सुविधासहित अध्यापन गराइरहेको छ । गाउँघरको विद्यालयको शैक्षिक अवस्था कमजोर देखेपछि सर्वप्रथम स्याङ्जाका केही गाउँबाट गरीब तथा अनाथ बालबालिकालाई ल्याएर होस्टलमै राखेर पढाउन थालिएको थियो । पहिलो उद्धेश्य त्यहाँका गरीबका छोराछोरीलाई ल्याएर पढाउने र अध्ययनपछि पुन त्यही गाउँका विद्यालयमा प्रिन्सिपल बनाएर पठाउने उद्धेश्य थियो । विद्यालयको कमाइबाट हुने केही नाफाले गरीबका छोराछोरीलाई पनि निजी विद्यालयमा पढ्ने व्यवस्था मिलाउन १० जना बालबालिकाबाट निशुल्क होस्टेल सुरु गरिएको भन्दै अब यसलाई नमुना होस्टेल बनाउने दाबी गर्छन्, भ्याली पब्लिक स्कुलका सञ्चालक कृष्ण अधिकारी ।

vlcsnap-2016-02-04-17h20m14s171 vlcsnap-2016-02-04-17h20m20s215 vlcsnap-2016-02-04-17h20m50s251 vlcsnap-2016-02-04-17h21m12s212

२०६७ सालमा भ्याली स्कुलका प्रिन्सिपल अधिकारी र बेलायती सेनाका भूतपूर्व मेजर लिल बहादुर गुरुङ मिलेर यो होस्टेल स्थापना गरेका थिए । उनीहरुले यी बालबालिकाहरुलाई विद्यालयमा पढाउनेदेखि बस्ने खाने सबै व्यवस्था मिलाएका थिए । अहिले होस्टेलमा बसेर अध्ययरत एक विद्यार्थी भन्छिन्, अब पढेर समाजसेवा गर्ने सोच छ ।

 

vlcsnap-2016-02-04-17h24m24s78 vlcsnap-2016-02-04-17h24m30s149

त्यसो त होस्टेलमा इञ्जार्च रहेकी विन्दु अधिकारी पनि यी बालबालिकाको भविष्य उज्जवल देख्छिन् । सुरुमा बालबालिकाहरुलाई पढाउन र हेरचाह गर्न अप्ठेरो भएपनि अहिले सहज बन्दै गएको र भविष्य राम्रो देखेको बताउँछिन् उनी ।

निजी विद्यालय सञ्चालकले अभिभावक ठग्ने र पैसा कमाउने मात्रै गर्छन् भन्ने भनाईलाई यो विद्यालयले केही जवाफ दिएको छ । विद्यालयबाट आउने नाफाले गरीब तथा अनाथ बालबालिकाहरुलाई पढाउने काम गरिरहेको छ । ४ वर्ष आफ्नै खर्चमा यो सब गरेको विद्यालयले गतवर्षदेखि दाता खाजेर अझै व्यवस्थित बनाएको छ र सुविधासम्पन्न घरमा राखेको छ । देशमा गरीब तथा अनाथ बालबालिकाहरुका लागि भन्दै धेरै होस्टेल खोलिएपनि यो भने एउटा नमुना होस्टल बनेको छ ।

LIVE TV