२१ माघ २०७२, बिहीबार

काठमाण्डौ महानगरपालिकाले काठमाडौंमा साधारणतया वार्षिक सरदर ३ सय ५० देखि ४ सयको हाराहारीमा आगलागी हुने गरेको तथ्याङक सार्वजनिक गरेको छ । महानगरपालिकाले काठमाण्डौमा हुने अधिकांश आगलागीमा नागरिकहरुको हेलचेक्राइ नै मुख्य कारण हुने गरेको निष्कर्ष निकालेको छ ।
हालैका दिनहरुमा काठमाण्डौ महानगरपालिका भित्रका विभिन्न स्थानहरुमा आगलागीका घटनाहरुमा बृद्धि भएको महानगरपालिकाको तथ्याङकले देखाएको छ । चालु आर्थिक वर्षको श्रावण देखि कार्तिक मसान्तसम्म काठमाण्डौ महानगरपालिकाभित्र २० वटा मात्र आगलागीका घटना भएका थियो । तर मंसीर देखि माघ २० गतेसम्मको तथ्याङ हेर्ने हो भने यसबीचमा मात्र एक सय स्थानमा आगलागी भएका छन् ।

vlcsnap-2016-02-04-16h35m58s217 vlcsnap-2016-02-04-16h36m13s107
नेपालमा संविधान जारी भएसँगै भारतले लगाएको नाकावन्दीले नेपाली वजारमा पेट्रोलियम पदार्थ अभाव हुन थाल्यो । पेट्रोलियम पदार्थकै अभावकै कारणले उपभोक्ताहरुले पेट्रोलियम पदाथर्को सञ्चित गर्न थालेपछि आगलागीको घटना विगत केही महिना यता बढदै गएको हो । काठमाण्डौ महानगरपालिकाले चालु आर्थिक वर्षको श्रावण महिना देखि माघ २० गतेसम्म आगलागीको संख्या १२० पुगेको जानकारी गराएको छ । त्यसमध्ये बिद्युत सर्टको कारण ७४, सवारी साधनमा १३,अन्य कारण २८ र पेट्रोल सञ्चयको कारण ५ ओटा आगलागी भएका छन । उपभोक्ताहरुले प्रयोगपछि पनि विद्युतीय उपकरण खुल्ला नै राख्ने, कमसल खालका तारहरुको प्रयोग गर्ने गरेको कारणले आगलागीका घटना बढदै गएको महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तमाङले वताउनुभयो ।

vlcsnap-2016-02-04-16h36m20s171
हाल काठमाण्डौ महानगरपालिकासँग साना ठूला गरी ६ ओटा दमकल र ३३ जना दमकलमा काम गर्ने जनशक्ति छन् । आगलागी भएको सूचना प्राप्त भएको दुई मिनट भित्रै दमकल घटनास्थलतर्फ प्रस्थान गर्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।
सर्वसाधारणले सानो भन्दा सानो कुरालाई पनि त्यति ख्याल नगर्दा आगलागी हुने गरेको पाइएको छ । आगलागीले भौतिक मात्रै नभई मानवीय क्षति समेत गर्ने भएकाले आगलागी हुनवाट वच्न सबै नागरिक आजैबाट सचेत हुनुपर्नेमा सरोकारवालको जोड रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV