
केही वर्ष यता निरन्तर ओरालो लागेको नेपालले फिफा बरियतामा यस पटक भने सुधार गरेको छ । फिफाले जारी गरेको पछिल्लो बरियतामा नेपाल एकैपटक ८ स्थान माथि उक्लिएको छ । फिफाले जारी गरेको पछिल्लो वरियता क्रममा नेपाल १८८ औं स्थानमा रहन सफल भएको छ । यसअघि १९६ औं स्थानमा रहेको नेपालले यसपटक ८ स्थान सुधारेको हो । हालै बंगलादेशमा भएको बगबन्धु गोल्डकपको उपाधि जित्दा नेपालले उच्च प्रदर्शन गरेपछि बरियतामा सुधार आएको हो । यससँगै नेपालले दक्षिण एसियाका दुई देश भुटान र श्रीलंकालाई पछि पारेको छ । भुटान १ स्थान तल झर्दै १९३ औं स्थानमा पुगेको छ भने श्रीलंका १८९ स्थानमा छ । दक्षिण एसियामा सबैभन्दा माथिल्लो बरियतामा रहेको अफगानिस्तान १५४ स्थानमा रहेको छ ।
यस पटक फिफाको १ नम्बर बरियतामा बेल्जियम, दोस्रोमा अर्जेन्टिना र तेस्रोमा स्पेन रहेको छ ।