२१ माघ २०७२, बिहीबार

 

vlcsnap-2016-02-04-15h54m58s180 vlcsnap-2016-02-04-15h55m21s139
कैफियत फिल्मको रीलीज डेट नजिकीदै गर्दा फिल्मको युनिटले फिल्म सम्बन्धी जानकारी सार्बजनिक गरेका छन् । ब्यबशायि चिन्ता मनि बराल र धन बहादुर देबकोटाले फिल्म कैफियत लाई निर्माण गरेका हुन् । समग्र रुपमा फिल्म पारीवारीक वतावरणमा बनेको निर्माण पक्षको भनाई रहेको छ ।

 

vlcsnap-2016-02-04-15h56m51s27कैफियत फिल्म सोसल ड्रामा, ईन्टरटेन्मेन्टका साथै सस्पेन्स थ्रिलरमा बनेको निर्माता बरालले बताएका छन् । प्रोमो भन्दा पनि फिल्म निकै उत्कृष्ट भएको फिल्म का निर्देशक दशरथ गिरीको दाबि रहेको छ ।यही फिल्म लाइ निर्देशन गर्दै उनले फिल्म निर्देशनको यात्रा पनि आरम्भ गरेका छन ।टेलि चलचित्रमा आफ्नो पहीचान बनाइसकेका शंकर शाही ठकुरी फिल्ममा अभिनय कौशल देखाउदै छन् । फिल्ममा शंकरले गरीब र सोझो पात्रको रुपमा अभिनय गरेका बताउँछन् । त्यस्तै फिल्ममा सम्पुर्ण प्याकेज राम्रा भएको,त्यस्तै गीतसंगीतका साथै नयाँ जोस र जाँगरका साथ राम्रो फिल्म बनेको पनि बताउँछन् ।

vlcsnap-2016-02-04-15h56m44s214vlcsnap-2016-02-04-15h56m16s204

त्यस्तै नायिका नन्दीता केसि पनि लोग्ने मान्छे फिल्म पछि दर्शक माझ प्रस्तुत हुदै छिन । फिल्ममा एउटा सिम्पल केटिको रुपमा दर्शकहरुले देख्न पाउने बताउँछिन् ।कैफियत फिल्म यसको निर्माण पक्ष र कलाकारको लागि बिशेश रहेको छ । सामाजिक कथा बस्तुलाई फिल्मले पर्दामा प्रस्तुत गर्ने छ ।किशन सुनार फिल्ममा नकारात्क चरीत्र निर्बाह गरेका छन ।प्राय नगेटी भुमीकामा देखीने नबिन श्रेष्ठ फिल्म कैफियतमा पोजेटीभ रोलमा देखा पर्दै छन ।उनि यस पटक कैफियतमा नन्दीता केसिको पिताको भुमीकामा देखीने छन ।कलाकार सजना थापा पनि फिल्ममा बिशेश भुमीकामा रहेकी छिन ।यहि माघ २२ गते कैफियत फिल्मले रीलीज डेट तोकिसकेको छ । फिल्ममा नन्दिता केसि, शंकर शाही ठकुरी,किशन सुनार,सजना थापा लगाएतका कलाकारहरले मुख्य भुमिकामा अभिनय गरेका छन् । माघ २२ गते फिल्म कैफियत सँगै बिन्दास ३, र सुपरहीट फिल्म पनि प्रदर्शनमा आउदै छन् । बाइस गते पनि फिल्महरु बिचको प्रतिस्पर्धा कडै हुने देखीएको छ ।

 

vlcsnap-2016-02-04-15h56m06s93vlcsnap-2016-02-04-15h55m34s25

LIVE TV