
बलिउड हुदै नेपाल चलचित्र क्षेत्रमा प्रबेश गरेका बरीष्ठ नृत्य निर्देशक सबै संग बिदा भयर सदाको लागि धर्ति बाट टाढिइ सकेका छन ।तरउनको बानि ब्यबहार र काम प्रतिको लगन शिलताको कारण उनलाइ सधै मनमा राख्ने धेरै रहेका छन ।अझ नेपाली चलचित्र क्षेत्रमा नृत्य निर्देशनको गोरेटो स्थापित गरेका उनि बित्दा धेरै चलचित्र कर्म र चलचित्र क्षेत्रको नृत्य बिधामा सव्रmीय रहेका चलचित्र कर्मीहरुले अभिभाबक गुमाएको महशुश गरेका छन ।सधै काम र अनुशाशन लाइ प्राथमीकतामा राख्ने उनको बानि धेरैको लागि आदर्श बनेको छ ।उनि यस क्षेत्रमा एक्लै आएका थिएनन संगै अन्य थुप्रै चलचित्र कर्ममा भबिस्य खोज्न चाहने हरुलाइ पनि भित्राउनुको साथै स्थापित हुनको लागि पनि हातेमालो गरेको थिए ।बामे सरदै गरेको हाम्रो फिल्म इन्डष्ट्री बाट त्यो समयमा निर्माण गरीएका फिल्महरुलाइ पनि बलिउडका फिल्म सरहकै स्तरमा पुराउन योगदान दिएका थिए ।