
‘को आफ्नो’ फिल्मले दर्शक लाइ निरास नगर्ने निर्देशक अनिल थापाको बिश्वास,फिल्मले सामाजिक कथा पस्कदै
फिल्म निर्माणमा पछिल्लो समय प्रबासमा बस्नु भएका नेपाली निर्माताको आकर्शण पनि बडिरहेको छ ।रीलिजको तयारीमा रहेको फिल्म को आफ्नो लाइ पनि लामो समय देखी अमेरीकामा बसोबास गर्दै आएका अनिल थापाले निर्माण एबं निर्देशनको जिम्बेवारी सम्हालेका छन ।लामो समय देखी अमेरीकामा बसोबास गरेपनि कला क्षेत्र प्रतिको पहील्ो देखीकै रुचिकै कारण फिल्ममा सव्रmीय भएको उनि बताउद छन ।
सामाजिक कथाबस्तुलाइ ‘को आफ्नो’ ले प्रस्तुत गर्ने छ । ‘को आफ्नो’ फिल्मले एउटा एडप्टेड बच्चाको दुई आमा बुबाका कथा बस्तुलाई चित्रण गर्दछ । फिल्म लेखनको जिम्बेवारी पनि थापाले नै सम्हालेका छन् ।
यस फिल्मलाई निमेश श्रेष्ठले सम्पादन गरेका छन् भने सुरेन्द्र ढि कार्कीको सिनेमाटोग्राफि रहेको छ । फिल्ममा ऋचा शर्मा, सुशाङ्क मैनाली, सुवास थापा, मेनुका प्रधान, शान्ति गिरी,राजन खतिवडा,सुदाम केसि लगाएतले अभिनय गरेका छन् । फिल्मलाइ जिबन्त बनाउने किसीमले नै फिल्मका निर्माता एबं निर्देशक अनिल थापाले काष्टको सेलेक्सन गरेको बताउद छन ।
‘को आफ्नो’ फिल्मले समाजको बास्तविक कथा बस्तुलाई प्रस्तुत गर्न खोजेको छ । यस फिल्ममा ऋचा शर्मा र सुशाङ्क मैनालीले गाउँले गरीब जोडिको रुपमा अभिनय गरेका छन् । त्यस्तै शान्ति गिरी र राजन खतिवडाले काठमाडौंको बासिन्दा तथा धनि हुनेखानेको भुमिकामा अभिनय गरेका छन् । यि दुई जोडि आमा बुबाको एक बच्चाको कथा बस्तुलाई प्रस्तुत गर्दछ । यस फिल्मले अमेरीकाको बेभर्लि हिल्स् फाईन आर्टस थिएटर प्रिमियर शो पनि गरीसकेका छन् । अमेरीकाको उक्त प्रिमियर शो ले निकै राम्रो प्रतिकृया पनि पाएको छ ।फिल्मले नेपालको सेन्सर बोर्ड बाट युनिभर्सल सर्टीफिकेट पाइसकेको छ । फिल्मको निर्माण टोलीले फेबु्रअरीको १९ अर्थात फागुन सात बाट देशभर प्रदर्शन हुदैछ ।
https://www.youtube.com/watch?v=M0HiQzZboDM