
भगवान गौतम वुद्धको पुस्तकभित्र के हुनसक्छ ? सहजै अनुमान लगाउन सकिन्छ कि वौद्धमार्गीहरुको मन्त्र या गौतम वुद्धका शान्तिको उपदेश । तर तपाईको त्यो अनुमानालाई झुठो सावित गरिदिएको छ लागूऔषध व्युरोले । गौतम वुद्धको पुस्तकमा चरेस च्यापिएका यी दृश्यहरुले जो कसैलाई झस्काइदिन्छ । पूस्तकको गातामा कोचिएर हङ्कङ्, युरोप तथा अन्यत्र लैजान तयार गरेको ९० केजी चरेससहित व्युरोले ५ जनालाई नियन्त्रणमा लिएको छ । यी हेनुहोस् पोलिथिनमा कोचिएका यी राता कितावहरु । पाँचसय भन्दा बढी थानहरु छन् यहाँ । पुस्तकका पेजहरुमा कुनै पनि मन्त्र भेटिदैनन् । किनभने यी शान्तिका सन्देश प्रवाह गर्नका लागि बनाइएका होइनन् । टेवलमा छन् तयारी अवस्थाका चरेसका चाङ । पुस्तक सुहाउँदो बनाइएका चरेसका प्याकहरु । मेसिन पनि छन् । प्रशोधनका लागि मेसिन । अन्य औजारहरु पनि ।वुधवार अपरान्हको दृश्य हो यो लागूऔषध व्युरोको । यहाँ चरेसको गन्धले बसी नसक्नु छ । व्युरो प्राङ्गणमा उभ्याइएका यी अनुहारहरु लागूऔषध ९० केजी चरेससहित पक्राउ परेका हुन् । ठूलो परिणाम र नयाँ ट्याक्टिसको साथ प्याकिङ भैरहेको यो पहिलो घटना भएको व्युरो प्रंमूख केशरीराज घिमिरेको भनाई छ । उनीहरुले सुरक्षा निकायलाई डाइभर्ट गर्न नयाँ उपाय अपनाएको उहाँको भनाइ छ ।
ओसारपसारका मूख्य अभियुक्त हुन् डिबी गुरुङ अर्थात दिलवहादुर । यिनी २०५४ सालमा चरेससहित पक्राउ परेका थिए । सम्मानित अदालतवाट दुई लाख धरौटीमा छुटेका थिए । तारेख धाउदै थिए । तर यिनी सुध्रिएन र लागू औषधको कुलतमा फसेका दुव्र्यसनी जतिकै बनेर त्यही कुकर्ममा कुदिरहे । नयाँ उपायहरु अवलम्वन गर्नतिर लागे । यिनको साथमा थिए, संकलन, प्याकिङ र ओसार पसारमा सघाउनेहरु धनवहादुर गुरुङ, नरवहादुर गुरुङ, हेरमान तामाङ र अक्कलवहादुर तामाङ । उनीहरुलाई व्युरोले वुढानीलकण्ठ नारायण चोकवाट माघ १६ गते नियन्त्रणमा लिएको बताएको छ । उनीहरुको साथवाट प्रहरीले ९० केजी चरेस, भारु ४८ हजार, चाइनिज युआन १ सय ७, यूएस डलर ५ सय ८०, हङकङ १ सय २० डलरलगायतको सामग्रीहरु वराम गरेका व्युरोेले जनाएको छ । व्युरोले लागूऔषध ओसारपसारका तीनै तहलाई नियन्त्रत्रणमा लिएको जनाएका छ । मूख्य अभियुक्त दिलवहादुर स्वयम् लगानीकर्ता भएको र अन्य चार जना संकलन, प्रशोधन तथा ओसारपसारमा संलग्न भएको प्रहरीको भनाई छ । उनीहरुले चरेस स्थलमार्ग हुदै महेन्द्रनगर नाकावाट दिल्ली पु¥याएर कुरियरमार्फत हङ्कङ्, क्यानडा, इटाली र युरोप लैजान लागेको व्युरो प्रमूख घिमिरेले बताउनुभयो । उनीहरुले ५ केजी चरेस जहाज मार्फत इटाली पठाउदै गरेको इटलीका प्रहरीसँग सम्पर्क भैरहेको पनि बताएको छ । खुल्ला सीमा र उत्सुकता र दवाबको वीचमा नेपालमा पछिल्लो समय युवावर्गहरु लागूऔषधमा फसेको व्युरोको तथ्यांकले देखाएको छ । स्कुल, कलेजका विद्यार्थीहरुमा लत लागेको भन्दै व्युरोले सर्वपक्षीय अभियान शुरु गर्नु बताएको छ । लागूऔषधवारे स्कुलको पाठ्यक्रममा समावेश गर्नु पर्ने, अभिभावकहरुले आफना वालवच्चाहरुप्रति सचेत हुुनु पर्ने र विद्यामान कानुनमा संशोधन गरी समयानुकूल बनाउनु पर्ने व्युरोको सुझाव छ ।