
भूकम्प प्रभावित जिल्लाका भूकम्प पीडितले सरकारको पुर्नवास कार्यक्रमले तत्काल आफूहरुलाई समेट्नेमा शंका व्यक्त गरेका छन् । वर्षातको झरी र त्यसपछि हिउँदको शीतको सिरानीमा कष्टपूर्ण जीवन कटाइरहेका उनीहरुले फेरी पनि पुर्नवास कार्यक्रमको नाममा टाठाबाठा र पहुँचवालाकै दिन फिर्ने दुखेसो पोखेका छन् ।