एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफनो पार्टीलाई नम्बर एक पार्टी बनाउने कुरा कुनै आवेग र आवेशमा नभनेको प्रष्ट पार्नु भएको छ । उँहाले मुलुकलाई अबको एक दशक समाजबादी क्रान्तिमा लगाउनु पर्ने धारणा पनि व्यक्त गर्नुभएको छ । बुधवार एकीकृत नेकपा माओबादीको मुख्यालयमा पेरिसडाँडामा आयोजित केन्द्रीय पार्टी स्कुल उदघाटन समारोहमा अध्यक्ष दाहालले पार्टीको पुनर्निर्माण गरी केन्द्रीय तहमा राजनीतिक स्कलिङको अवधारणा सुरु गरी नम्बर एक पार्टी बनाउने बताउनुभएको हो । उँहाले प्रत्येक प्रदेशमा स्कुल चलाउने एव्ां मुखपत्रलाई नियमित बनाउने साथै पार्टी पुननिर्माण गर्दै अबको एक दशक समाजवादी क्रान्तिमा लाग्ने प्रष्ट पार्नुभयो ।
अध्यक्ष दाहालले पुर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बुर्जुवाबादी र पँुजीबादीका पक्षपोषक बनेको आरोप पनि लगाउनुभयो । उँहाले समाजबादी क्रान्ति र पँुजीबादी एंव बुर्जुवावर्गका बाटोहरु अलग भएको दाबी गर्दै आफु भने समाजबादी क्रान्तिकै बाटोमा रहेर अघि बढने जिकिर गर्नुभयो । एकीकृत नेकपा माओबादीले पार्टीलाई सच्याउन तथा संगठित बनाउन भन्दै केन्द्रीय पार्टी स्कुलको अवधारणा ल्याएको हो ।