
अहिले फिल्मका निर्माताहरुले फिल्मको प्रचार गर्ने क्रममा आ–आफनै तौर तरीकाले गरी राखेका छन् । फिल्मका निर्माताहरुको रोजाईमा अहिले सोसल मिडियाई प्रचारशैलीको रुपमा निकै प्राथमिकता दिई राखेका छन् । रीलीज हुन लागेको फिल्मको बेग्लै पेज बनाएर आ–आफ्नै तरीकाहरुले प्रचार गर्ने शैली पुरानो भईसकेको छ ।
अहिले प्रोफाईल परिवर्तन अभियानले निकै चर्चा पाएको छ । त्यस्तै कलाकारहरुको जोक्स् बनाएर सेयर गर्ने,तथा फिल्मको कभर गीत गाएर युट्वुब तीर हाल्ने जस्ता विभिन्न सोसल मिडियाका प्रचार शैलीहरुले प्राथमिकता पाईराखेका छन् । केहि साता अघि मात्र फिल्म क्लासिकले प्रोफाईलमा क्लासिक नामक अभियान सुरु गरेका थिए । यहि माघको २९ गते प्रदर्शनमा आउने क्लासिक फिल्मलाई दिनेश राउत ले निर्देशन गरेका हुन् ।
रेखा थापाले निर्माण गरेका फिल्म रामप्यारीले पनि सोसल मिडियालाई नै प्रचारशैलि बनाएका छन् । यस फिल्मले पनि क्लासिक फिल्म जस्तै प्रोफाईल परीवर्तन अभियानलाई नै प्राथमिकता दिएका छन् । त्यस्तै फिल्म सुपरहिटले भने कलाकारहरुको जोक्स बनाएर वालमा पोष्ट गरेर सेयर गर्ने शैलीलाई अँगालेका छन् ।
फिल्मलाई सौरभ र निरञ्जनले संयुक्त रुपमा निर्देशन गरेका हुन् । लभस्टोरी फिल्म प्रमगीतले पनि आफ्नै तरीकाले सोसल मिडियाई प्रयोग गरेका छन् । प्रेमगीत फिल्मको कभर गीतलाई गाएर युट्युभमा पोष्ट गर्ने शैली अपनाएका छन् भने फिल्मलाई शुदर्शन थापाले निर्देशन गरेका हुन् । यसरी सोसल मिडियाको प्रयोगले फिल्मका निर्माताहरु पनि आफ्नो फिल्मलाई राम्रो हुनमा ढुक्क छन् ।