२० माघ २०७२, बुधबार

राष्ट्रिय खेलकुद परिषद (राखेप) कै एक कर्मचारीको व्यक्तिगत खातामा जम्मा भएको छ । राखेपअन्तर्गत कर्मचारी प्रशासन विभागका प्रमुख इन्द्रबहादुर कार्कीको खातामा उक्त रकम जम्मा भएको हो । उनी १२ औं सागका लागि गठित यातायात तथा बसोबास उपसमितिका सचिवसमेत हुन् ।

money_new-370x193

सरकारले सागमा सहभागी हुने खेलाडीको भत्ता, यातायात र बसोबासका लागि उपलब्ध गराएको रकम उनको खातामा जम्मा गरिएको हो । यति धेरै सरकारी रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा गरिनु गलत भएको राखेपकै एक अधिकारीले बताए । यो राखेपकै आर्थिक नियमावलीविपरीत छ । राखेपले चेकमार्फत यो रकम उपलब्ध गराएको हो ।

राखेपले कार्कीको एकल नाममा उक्त रकमको चेक बनाइदिएको हो । त्यही रकम राखेपको खाताबाट झिकेर आफ्नो व्यक्तिगत खातामा जम्मा गराएको कार्की आफैं स्वीकार्छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV