१९ माघ २०७२, मंगलवार

देशमा ब्याप्त तस्करी, कालोवजारी, अराजकता र बेथिती नियन्त्रणका लागि माओवादी निकट तीन अनेरास्ववियु क्रान्तिकारीले पहरेदारी गर्ने भएको छ । क्रान्तिकारीले सरकारको ध्यानाकर्षका लागि संघर्षका विभिन्न कार्यक्रमहरुको घोषणा पनि गरेको छ । बढ्दो कालेबजारी र तस्करीले देशलाई थप अन्यौलमा लागेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले संघर्षका भावी योजना बनाएको हो । देश संकटपूर्ण अबस्थाबाट गुज्रिएको भन्दै पेट्रोलियम पदार्थको सहज आपुर्ति गर्न आपुर्ती मन्त्रीलाई ज्ञापन पत्र र नेपाल आयल निगममा धर्ना दिने अनेरास्ववियुका अध्यक्ष रमेश मल्लले जानकारी दिनुभयो । उहाँले पेट्रोलियम पदार्थको मुल्य समायोजन हुदा पनि यातायात भाडको दर नघटेका र विद्यार्थी सहुलियत नगरेको भन्दै यातायात मन्त्रालयलाई ज्ञापन पत्र बुझाएर जिल्लास्तरमा संघर्षका कार्यक्रम गर्ने घोषणा गर्नुभयो । त्यस्तै अनेरास्वबियू क्रान्तिकारीले त्रिभुवन विश्वबिद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका लागि त्रिवि पदाधिकारीलाई दवाव समेत दिने कार्यक्रम रहेको स्ववियु अध्यक्ष मल्लको भनाई छ ।

vlcsnap-4215-06-26-08h05m28s698

LIVE TV