१९ माघ २०७२, मंगलवार

बैशाख १२ गते गएको विनाशकारी भूकम्पले घर भत्काएपछि पालमुनि बस्दै आएकी लमजुङ चेपाङटारकी ६५ बर्षिया कृष्णा चेपाङ (वाग्ले) लामो समयसम्म कतैबाटसहयोग नआएपछि निराश बनेकी थिईन् । तर यतिबेला नेपाली सेना, विदेशी नागरिक र स्थानीयको सहयोगमा आफ्ना लागि नयाँ घर निर्माण शुरु भएपछि कृष्णा दंग परेकी छिन् । भूकम्पपछि सरल र सस्तो लगानीमा पनि भुकम्प प्रतिरोधी घर बनाउन सकिने उदाहरण पेश गर्न जिल्लामै पहिलोपटक नयाँ र नौलो किसिमको घर निर्माण थालनी भएको हो । लमजुङको चिति–६ चेपाङटारमा भुकम्प प्रतिरोधी नमुना घर निर्माण गरिँदैछ । स्थानीय म्याङ्गो ट्रि रिसोर्टका संचालक देवेन्द्रबाबु तिवारीको सक्रियतामा चेपाङटारकी ६५ बर्षिया बृद्धा कृष्णा चेपाङ (वाग्ले) को घर निर्माण गर्न लागिएको हो । बैशाख १२ गतेको भुकम्पले उनको घर पूर्ण रुपमा भत्किएको थियो । गरिबी र पछौटेपनमा रहेका लोपोन्मुख चेपाङबस्तीमा स्थानीय स्रोत साधानको प्रयोग गरी भुकम्प प्रतिरोधी नमुना घर बनाउने कार्यमा नेपाली सेनाका पशुपतिप्रसाद गणका सैनिक जवान र स्थानीय युवाले साथ दिएका छन् । भूकम्पपछि सरल र सस्तो लगानीमा पनि भूकम्प प्रतिरोधी घर बनाउन सकिने उदाहरण पेश गर्न नमूना घर बनाउन लागेको म्याङ्गो ट्री रिसोर्टका संचालक देवेन्द्रबाबु तिवारीले बताए ।

vlcsnap-6003-05-11-14h46m56s199

घर बनाउन पानीमा मुछेको माटो बोरामा राखेर घरको गाह्रो बनाईदैछ । उक्त घर बनाउन तिवारीले आप्mनो व्यक्तिगत र साथीसँग उठाएर तीन लाख रुपैयाँ खर्च हुने अनुमान गरेका छन् । भूकम्पपछि राहत र उद्धारमा नेपाली सेनाले उच्च भूमिका खेलेको भन्दै आम नागरिकसँग जोडिन भूकम्प प्रतिरोधी घर बनाउन सहयोग गरेको नेपाली सेनाको पशुपतिप्रसाद गणका गणपति सुमाङ्गत कटुवालले बताए । नमूना घर बनाउन म्याङ्गो ट्री रिसोर्टमा स्वयंसेवा गर्न आएका जर्मन नागरिक छाभर वेग्लर र क्यानाडियन नागरिक क्यारोलिना सडोस्काले पनि साथ दिएका छन् ।यसअघि पनि चेपाङटारका एक चेपाङको भत्किएको घर नेपाली सेनाका जवानहरुले मर्मत गरिदिएका थिए । विहान र वेलुका खाने खर्च समेत नभएका चेपाङ परिवारले आफ्नो घर निर्माणमा सहयोग पु¥याइदिएको भन्दै सेनाका जवानहरुलाई स्थानीयहरुले धन्यावाद दिएकाछन् । जिल्लाको चिति बरबोटफाँटमा बस्ने ८ घरपरिवार चेपाङको अबस्था निकै दयानीय रहेको छ । जेनतेन बस्नका लागि खामो गाड्ने जमिनसम्म जोडेका चेपाङको त्यसबाहेक उब्जनीको लागि अरु कुनै जमिन छैन । बाह्रै महिना निमेकको भरमा बाँच्ने गरेका चेपाङहरुको विरामीले थला परेको बेला मुखमा माड समेत नलाग्ने स्थिति छ ।

LIVE TV