१९ माघ २०७२, मंगलवार

मुगु जिल्लामा अहिले औषधीको अभाव भएको छ । जिल्ला स्वास्थ्य कार्यालय मुगु लागयत जिल्लाभरिका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य चौकी ,प्राथामीक स्वास्थ्य केन्द्र,स्वास्थ्य केन्द र उप स्वास्थ्य केन्द्रहरुमा अहिले औषचीको चरम अभाव भएको छ । भारतले गरेको नाकाबन्दी र केही दिन अघि भएको हिमपातको कारण औषधी जिल्लामा पु–याउन नसकिएको औषधी स्टोरको जिम्मा पाएका यमबहादुर मल्लले अभाव रहेको बताएका छन् । नेपाल सरकारले ७२ प्रकारका औषधीहरु निशुल्क बितरण गर्ने भनिए पनि मुगुमा भने सीमित औषधीहरु मात्र रहेको जिल्ला जनस्वस्थ्य कार्यालयका प्रमुख डा.भक्तदेब श्रेष्ठले बताउँनुभयो । बिभागबाट केही दिन अघि मात्र २ कार्टुन औषधी आएको डा. श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार हिजो आज ३० देखि ४० जनासम्म दैनिक बिरामी आउने गरेका छन् । त्यसमध्ये ६ देख १० जना सिम्म चिसो,रुघाखोकी,निमोनियाका बिरामी हुने गरेका छन् । हिजो आज जिल्ला अस्पतालमा औषधी नहुदा गमगढी बजारमा रहेका निजी मेडीकलहरुमा बिरामी जान बाध्य छन् ।

vlcsnap-6726-06-10-07h23m06s491
१० महिना अघिबाट बिग्रिएर थन्किएको सादा एक्सरे मेसिन अहिलेसम्म मर्मत नहुँदा सामन्य एक्सरे गर्न समेत बिरामीहरु दुई दिन हिडेर जुम्ला पुगेर महँगो हवाई भाडा तिरी नेपालगंज,सुर्खेत र काठमाडौ जानुपर्ने बाध्यता छ । अहिले जिल्ला अस्पतालमा एक्सरे गर्न आउने बिरामिलाई सदरमुकाम गमगढीमा रहेको रारा अस्पतालमा एक्सरे गर्न पठाउने गरेको भएपनि त्यहाँपनि बेला बेला मेसिन बिग्रीदा एक्सरे गर्नकै लागि महङ्गो भाडा तिरेर नेपालगंज,सुर्खेत,काठमाडौ, पठाउन परेको जिल्ला अस्पताल मुगुका प्रमुख डाक्टर श्रेष्ठले बताउँनुभयो । उहाँका अनुसार १० महिना देखि बिग्रीएको मेसिन मर्मत गर्नका लागि स्वास्थ्य बिभाग आपूर्ति शाखामा मौखिक र लिखित मार्फत जानकारी गराएको भएपनि अहिलेसम्म मर्मतका कुनै जानकारी नआउदा मेसिन थन्काउन परेको हो । कार्यालयमा २ जना डाक्टरको दरबन्दी भए पनि अहिले जिल्लामा एकजना मात्र डाक्टर भएकोले सेवा समेत प्रभावित बनेको छ ।

LIVE TV