१९ माघ २०७२, मंगलवार

नेपाल आयल निगमले बुधवार दुई पाँग्रे सवारी साधनलाई पेट्रोल दिने भएको छ । निगमले बुधवार लट १ देखि ३० लटसम्मका सवारी साधनलाई पेट्रोल दिने भएको छ । निगमले उपत्यकाको ४३ वटा पेट्रोल पम्पमार्फत तेल दिनेभएको छ । थानकोट डिपोमा आपूर्ति बढेसँगै पम्पलाई निगमले तीन हजार लिटर पेट्रोल दिँदै आएको पम्पमा बढाएर चार हजार लिटर दिन थालेको छ । भारतबाट पेट्रोलियम पदार्थको आपूर्ति बढेपछि निजी सवारी साधनलाई पम्पहरुले लट अनुसार तेल लगातार दिन थालेको हो । निगमले चार साताअघिदेखि लट अनुसार तेल दिन थालेको भएपनि निगमका अनुसार अबदेखि एक महिना दुई पाँग्रे र चार पाँग्रे सवारी साधनलाई लट अनुसार नियमित पेट्रोल दिइनेछ । त्यसैगरी रक्सौंल नाका खुल्नेवितिकै लट हटाएर नियमित रुपमा पम्पमार्फत पेट्रोलियम पदार्थ वितरण हुनेछ ।

petrol bitaran  petrol bitaran1

LIVE TV