
साताको तेश्रो दिन मङ्गलबार नेप्से २ दशमलव ५ अंकले उक्लिएर १ हजार २ सय ४० अंकमाथि पुगेको छ । दिन सेयर बजार १ हजार १ सय ३८ अंकमा पुगेर बन्द भएको छ ।मङ्गलबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्कम प्रभाव परेको हो । मंगलबार कारोबार रकममा पनि सुधार आएको छ । दिनभरीमा १११ कम्पनीका ५६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो । होटल र बिमा वाहेकका सबै सुचकहरु उकालो लागेका छन् । सबैभन्दा वढी विकास बैंक उक्लिएको छ भने झर्नेमा होटल समूह रहेको छ । मङ्गलबार दिनभरमा नेपाल इन्भेष्टमेन्टको संस्थापक चार करोड २४ लाख र साधारण तीन करोड ३० लाख रुपैयाँको सेयर कारोबार भएको छ भने नेपाल एसबिआइको तीन करोड २५ लाख र ग्लोबल आइएमइको दुई करोड ४७ लाख रुपैयाँको किनबेच भएको नेप्सेले जनाएको छ ।