१९ माघ २०७२, मंगलवार

नयाँ संविधान जारी भइसकेपछि त्यसमा असहमति जनाउँदै शुरू भएको मधेस आन्दोलन सुरु भएको पाँच महिना पुरा भएको छ । यसबीचमा पटक पटक सरकार र मधेसी मोर्चाबीच वार्ता भएपनि सहमति हुन सकेको छैन । पाँच महिना लामो मधेस आन्दोलनका क्रममा अहिलेसम्म ५८ जनाले ज्यान गुमाएका छन् । मधेस आन्दोलनका क्रममा सुरक्षाकर्मी, आन्दोलनकारी र सर्वसाधारण नागरिक गरी अहिलेसम्म ५८ जनाको ज्यान गएको हो । आन्दोलनका क्रममा सुरक्षाकर्मी ११ जना तथा आन्दोलनकारी र सर्वसाधारण नागरिक ४७ गरी ५८ जनाको ज्यान गएको सरकारी तथ्याङक छ । सूचना तथा सञ्चार मन्त्रालयले गरेको पत्रकार भेटघाटमा गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता यादवप्रसाद कोइरालाले मधेस आन्दोलनमा धेरै जनधनको क्षति भएको बताउनुभयो । कैलालीको टीकापुरमा हात हतियारसहितका प्रदर्शनकारीबाट सुरक्षाकर्मीको निर्मम हत्या गर्ने गरी भएको हिंसात्मक घटनाको सम्बन्धमा छानबिन गर्न गठित समितिले आफ्नो कार्य सम्पन्न गरिसकेको समेत प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।

 

LIVE TV