१९ माघ २०७२, मंगलवार

नाकाबन्दीपछि राकिएको खाना पकाउने ग्यासको आयात विस्तारै बढ्दै गएको छ । केही दिन यता भारतीय आयल कर्पोरेशन आइओसीले मागको ५० प्रतिशत ग्यास दिन थालेको ग्यास उद्योगीहरुले बताएका छन् । नाकाबन्दीको १ सय दिनसम्म दैनिक औसत मागको ११ प्रतिशत मात्रै भित्रिएको ग्यास पुस महिनामा मागको झण्डै ३१ प्रतिशत भित्रिएको छ । पछिल्लो एक सातामा भारतबाट मागको कुल मागको ५० प्रतिशतसम्म ग्यास आयात हुन थालेको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिबप्रसाद घिमिरेले जानकारी दिनुभयो । अहिले भारतबाट झण्डै ४० बुलेट ग्यास भित्रिन थालेको छ । बरौनी रिफाइनरीले दैनिक २० देखि २२ वटासम्म बुलेटमा ग्यास लोड हुन्छ भने हल्दिया र मुथरा रिफाइनरीले पनि दैनिक १० बुलेट भन्दा बढी बुलेटमा लोड दिएको संघले जनाएको छ । नेपालमा समान्य अवस्थामा झण्डै मासिक ३० हजार मेट्रिक टन ग्यासको माग भएपनि अहिले माग धेरै छ । देशभर अझै पनि झण्डै ५६ लाख सिलिन्डर खाली रहेको संघको तथ्याङ्कमा उल्लेख छ । यसलाई पूर्ति गर्न झण्डै ८० हजार मेट्रिक टन ग्यास आवश्यक पर्ने अनुमान छ ।

LIVE TV