
बाँकेमा आगजनीबाट फेरी एक महिला गम्भीर घाईते भएकी छिन् । विगतमा दाईजो नल्याएको भन्दै महिलालाई जलाईएको घटना बितेको लामो समय हुन नपाउँदै नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ की रानी शेष जलेर गम्भीर घाईते भएकी छिन् । सोमवार दिउँसो आफ्नै घरमा श्रीमान श्रीमती मात्रै भएको अवस्थामा जलेर गम्भीर घाईते भएकी शेषलाई उपचारका लागि स्थानीयले भेरी अञ्चल अस्पताल नेपालगन्ज ल्याएका हुन् । शरीरमा मट्टीतेल छरेर आगजनी गरिएकी रानीको शरीरको नब्बे प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जका डा. सञ्जय बर्माले बताउनुभयो । जलेर गम्भीर घाईते भएकी उनको थप उपचारका लागि भारतको लखनउ रेफर गरिएको छ ।