
अहिले नायिका नन्दिता केसि र टेलि सिरीयलबाट आएका नायक शंकर शाही ठकुरी कैफियत फिल्ममा सँगै देखिदै छन् । टेलि चलचित्रमा आफ्नो पहीचान बनाइसकेका शंकर शाही ठकुरी फिल्ममा अभिनय कौशल देखाउदै छन् । त्यस्तै नायिका नन्दीता केसि पनि लोग्ने मान्छे फिल्म पछि दर्शक माझ प्रस्तुत हुदै छिन ।
कैफियत फिल्म यसको निर्माण पक्ष र कलाकारको लागि बिशेश रहेको छ । अर्को ब्यवसाय लाई सफलता पुर्बक सञ्चालन गरीरहेका चिन्ता मनि बरालले फिल्मलाई निर्माण गरेका छन् । फिल्म निर्माणको औपचारीक अध्यन गरेका दशरथ गिरीले फिल्मलाई निर्देशन गरेका हुन ।
सामाजिक कथा बस्तुलाई फिल्मले पर्दामा प्रस्तुत गर्ने छ । यहि माघ २२ गते कैफियत फिल्मले रीलीज डेट तोकिसकेको छ । आउदो बाइस गते पनि फिल्महरु बिचको प्रतिस्पर्धा कडै हुने देखीएको छ । फिल्म कैफियत सँगै बिन्दास ३, र सुपरहीट फिल्म पनि प्रदर्शनमा आउदै छन् । नन्दिता र शंकरलाई ‘कैफियत’ फिल्मले कति सम्म माथि उठाउने त्यो हेर्न बाँकि नै रहेको छ । माघ २२ देखि नै उनिहरुको चर्चाका साथै कैफियत को भबिस्य पनि निर्धारण हुने भएको छ ।