१९ माघ २०७२, मंगलवार

कैलालीका नदीमा बर्खायाममा देखिने डल्फिनको वैज्ञानिक रुपमा गणना गर्ने पहल थालिएको छ । निजी क्षेत्रको डल्फिन संरक्षण केन्द्र थापापुरको पहलमा डल्फिनको वैज्ञानिक रुपमा गणना गर्न लागेको हो । केन्द्रका सचिव विजय श्रेष्ठ र कैलालीमा पाइने डल्फिन संरक्षणमा लागेकी अमेरिकी संरक्षणप्रेमी श्रीमती सारा लेविनले भारतको पटनादेखि भागलपुरसम्म पर्ने गङ्गा नदीको भागमा डल्फिनको वैज्ञानिक गणनासम्बन्धी दक्षता हासिल गरिसकेको बताइएको छ । गणनामा भारतको पटना विश्वविद्यालय र भागलपुर विश्वविद्यालय विहारका प्राध्यापकले समेत सहयोग गर्न लागेको श्रेष्ठले बताउनुभयो । उहाँले आगामी असारदेखि असोज महिनासम्ममा कैलालीका नदीमा देखिने डल्फिनको गणना गरिने जानकारी दिनुभयो । पानीमा उफ्रिएको अवस्थामा झन्डै सात वर्षअघि गरिएको गणनाबाट कैलालीका नदीमा १ सय ३० वटासम्म डल्फिन पाइएको  दाबी संरक्षण केन्द्रको छ ।

LIVE TV