१८ माघ २०७२, सोमबार

आइसिएफसी फाइनान्सको झण्डै ४ लाख कित्ता शेयरका लागि लगानीकर्ताले लिलाम बढाबढमा आवेदन दिएका छन् । गत आर्थिक वर्षको खुद नाफाबाट साढे १० प्रतिशत बोनस दिने प्रस्ताव गरिसकेको फाइनान्सले लिलामका शेयरधनीलाई पनि ७ प्रतिशतको दरले बोनस दिने भएपछि लिलाममा शेयर खरिद गर्नेको उपस्थिती बढेको हो । फाइनान्सको शेयर निष्काशन तथा बिक्रि प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले दिएको जानकारी अनुसार झण्डै ३ सय भन्दा बढी वटा आवेदन मार्फत ठुलो परिमाणमा शेयर खरिद गर्नेको आवेदन परेको थियो । शेयर लिलाम प्रकृया सुरु भएसंगै बजारमा फाइनान्सको शेयर मुल्य पनि बढेको छ ।

icfc
फाइनान्सले ३ लाख १८ हजार ७ सय ७१ कित्ता संस्थापक तथा ६० हजार ९ सय ३ कित्ता साधारण शेयर लिलाम गरेको हो । आइतबारदेखि नै हकप्रद शेयरका शेयधनीलाई शेयर प्रमाणपत्र तथा शेयर नपरेको पैसा फिर्ता सुरु गरेको फाइनान्सले अहिलेको ६७ दशमलव ५ प्रतिशत संस्थापक तथा ३२ दशमलव ५ प्रतिशत साधारण शेयरको अनुपातलाई ५१ अनुपात ४९ मा रुपान्तरण गरेको जनाएको छ । राष्ट्र बैंकले राष्ट्रिय स्तरको फाइनान्सलाई आगामी दुई बर्ष भित्रमा असी करोड चुक्ता पूँजी पुर्याउन निर्देशन दिएकोमा आईसीएफसी आपैmले चुक्ता पूँजी पु्ुु्रयाएर फाईनान्सको रुपमा कायम रहने जनाएको छ ।

LIVE TV