१८ माघ २०७२, सोमबार

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियता र स्वाभिमानको लागि आफु कटिबद्ध भएर लाग्ने बताउनु भएको छ । इतिहासमा, नेपाली भूमि स्वाभिमानको भूमि भएको स्मरण गर्दै उहाँले यो देशको स्वाभिमानलाई अवमुल्यन गर्न खोज्नेहरु कोहिपनि सफल हुन नसक्ने बताउनुभयो ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा सोमबार काठमाण्डौंमा भएको राष्ट्र र राष्ट्रियता विषयक बाल राष्ट्रिय गीत सम्मेलनमा प्रधानमन्त्री ओलीले मुलुक कसैको दासता नभएको बताउँदै देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय एकतामा कसैले बाधा पु¥याउन नसक्ने दावी गर्नुभयो । राष्ट्र राष्ट्रिष्ताका लागि लड्ने वीर योद्धाहरुलाई समरण गर्दै उहाँले पछिल्लो पुस्तामा त्यो राष्ट्रियता अमर रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले बालबालिकाहरु राष्ट्रका लागि भविष्यका कर्णधार भएको उल्लेख गर्नुभयो । उहाँले बालबालिकाहरुको काँधमा देशको भविष्य अडेकोले बालबालिकाको गास, बास, कपास ,शिक्षा ,स्वास्थ्य लगायतका पक्षमा बिशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । समारोहमा राष्ट्रकवि माधवप्रसाद घिमिरे, संस्कृतविद् सत्यमोहन जोशी , नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त , उपकुलपति शम्भूजीत बास्कोटा, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति डा. गंगाप्रसाद उप्रेती लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बिभिन्न कलाकार तथा बालबालिकाहरुले राष्ट्रिय भावनाले ओतप्रत गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

LIVE TV