
दक्षिण एशियाली मुलुकहरुमा साइवर सुरक्षा जटिल बन्दै गैरहेको भन्दै प्रतिरोधका लागि सहकार्य आवश्यक रहेको सरोकारवालाहरुले जनाएका छन् । इन्टरनेटले विश्वलाई एकै स्थानमा ल्याए पनि चुनौतीहरु थपेको भन्दै सरकारी, गैरसकारी तथा प्राइभेट क्षेत्रको सहकार्य आवश्यक रहेको उनीहरुको भनाई छ ।
सुविसु क्यानले काठमाडौमा गरेको साइवर सुरक्षा ः चुनौती र समाधान विषयक गोष्ठीमा सहभागीहरुले इन्टरनेटले संभावनाहरुसँगै चुनौती थपेको बताएका हुन् । तथ्याङक चोरी, ह्याकिङ तथा अन्य अपराधहरुले समाजलाई भयावह बनाउन सक्ने भन्दै विकासोन्मूख देशहरुमा यसविरुद्धको अभियान टडकारो रुपमा शुरु गर्नु पर्ने उनीहरुको भनाई थियो । कार्यक्रममा नेपाल प्रहरीका डिआइजी नवराज सिलवालले नेपाल प्रहरीसँग फरेन्सिक ल्याब, दक्ष जनशक्ति भए पनि त्यो अपूग भएको बताउनुभयो । उहाँले अपराधको आयाम र ट्रेण्ड चेन्ज भैरहेको उल्लेख गर्दै त्यही अनुरुपको प्रवधि र सहकार्यमा जोड दिनुभयो । साइवर अपराधीहरुले प्राइभेट क्षेत्रको व्यवस्थापन पक्षमा असर पु¥याइरहेको भन्दै सहभागीहरुले राज्यले कडा कानुन बनाएर लागू गर्नु पर्ने धाराण राखेका थिए । राज्य वा प्राइभेट क्षेत्रको भूमिका अपूग हुने भन्दै त्यसविरुद्ध सवै पक्ष एक जुट हुनु उनीहरुको भनाई थियो । गोष्ठीमा नेपाल सहित वंगलादेश, पाकिस्तान, भारतलगायत पाँच मुलुकका सुरक्षा, साइवर तथा सूचना विज्ञहरुको सहभागीता रहेको थियो ।