
पूर्व युवराज्ञी हिमानी शाहालाई सोमवार नवलपरासीमा नागरिक अभिनन्दन गरिएको छ । जिल्लाको स्वाभिमानी एकता नेपाली नागरिक समाज बेलाटारी नवलपरासीले पूर्व युवराज्ञी शाहलाई एक बिशेष समारोहमाबीच नागरिक अभिनन्दन गरिएको हो । पूर्व युवाराज्ञी हिमानीले सोमवार नै पवित्र धार्मिक स्थल त्रिबेणी धाम, गजेन्द्र मोक्ष धाम र कुडियामा पुगी त्यहाँ अवस्थित मन्दिरमा पूजा अर्चना समेत गर्नुभएको थियो । हिमानी सोमवार नै काठमाण्डौं फर्किनुभएको छ ।