१८ माघ २०७२, सोमबार

 

उपप्रधान तथा परराष्ट्र एवं स्थानिय विकासमन्त्री कमल थापाले भारतीय नाकाबन्दी अन्त्य भएको बताउनुभएको छ । लामो समय सम्मको कुटनीतिक पहलपछि भारतीय नाकाबन्दी अन्त्य भएको परराष्ट्र मन्त्री समेत रहनुभएका थापाले बताउनुभयो । सोमवार कैलालीको धनगढी विमास्थलमा पत्रकारहरुसंग संक्षिप्त कुराकानी गर्दै मन्त्री परराष्ट्रमन्त्री थापाले मधेशी मोर्चाको अवरोधका कारण वीरगञ्ज र रक्सौल नाकामा अवरोध कायम रहेपनि भारतीय पक्षबाट नाकाबन्दी भएको बताउनुभयो । उहाँले वीरगञ्ज–रक्सौल नाका पनि छिट्टै सहज बन्ने दाबी गर्नुभयो । मधेश मोर्चाका मागलाई संविधान संशोधन मार्पmत पूरा गरकोले मधेशमा जारी आन्दोलन पनि १–२ हप्तामै समाप्त हुने उहाँको जिकिर थियो । उपप्रधानमन्त्री थापाले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण र समावेशीताको मागलाई सम्बोधन गरिएको दाबी समेत गर्नुभयो । अझै केही असन्तुष्टिका विषय बाँकी रहे राजनीतिक दलहरु वार्ताका लागि तयार भएकाले वार्तामा आउन उहाँले आग्रह गर्नुभयो ।

kamal thapa

यसैबिच स्थानीय विकास मन्त्री समेत रहनुभएका थापाले चाडै स्थानीय निकायको निर्वाचन गरिने बताउनुभयो । उहाँले स्थानीय निर्वाचनका लागि सरकार प्रारम्भिक तयारीमा जुटिसकेको भन्दै लामो सयमदेखि स्थानीय निकाय जनप्रातिनिधिविहीन भएकाले ४–५ महिना भित्रै स्थानीय निकायको निर्वाचन गरिने प्रतिवद्दता व्यक्त गर्नुभयो । सुदुरपश्चिम विकास क्षेत्र स्तरीय अर्धवार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्न उपप्रधानमन्त्री थापा धनगढी आउनु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV