१८ माघ २०७२, सोमबार

साताको दोश्रो दिन सोमबार नेप्से १७ दशमलव ३२ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार १ सय ३८ अंकमा पुगेर बन्द भएको छ । सोमबार कारोबारमा आएका अधिकांश समुहको परिसुचक उकालो लागेकोले समग्र सेयर बजारमा सकारात्कम प्रभाव परेको हो । सोमवार होटल समुहको परिसुचक सवैभन्दा बढी ७३ दशमलव ४७ अंकले उकालो लागेको छ । त्यस्तै बीमा समुहको ३५ दशमलव २५, उत्पादन समुह २६ दशमलव ९३ र सेयर बजारमा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक २० दशमलव ७९ अंकले बढेको छ । त्यसैगरी विकास बैंक १९ दशमलव ५९, अन्य ५ दशमलव ८८ र फाइनान्स समुहको परिसुचक ३ दशमलव ९८ अंकले बढेको छ । त्यसैगरी जलविद्युत समुहको परिसुचक भने १७ दशमलव ८७ अंकले ओरालो लागेको छ । सोमबार कारोवारमा आएका १ सय १३ कम्पनीको ९ लाख ३७ हजार कित्ता सेयरबाट ५५ करोड ३६ लाखको कारोबार भएको छ ।

LIVE TV