१८ माघ २०७२, सोमबार

बैक तथा बित्तीय संस्थाहरुमा लगानी गर्ने रकम तरलता बढेको छ तर बैकहरुले तरलता ब्यवस्थापन गर्न सकेका छैनन् । नेपाल राष्ट्र बैकले बैक तथा बित्तीय संस्थाहरुलाई तरलता ब्यवस्थापन गर्न निर्देशन दिएको छ । नेपालको बैकिङ क्षेत्रमा पछिल्लो समयमा निक्षेप बढे पनि बैकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन । नाकाबन्दी र मधेश आन्दोलन, बढ्दो लोडसेडिङ राजनीतिक अस्थिरताको कारण लगानीको वातावरण निर्माण हुन नसक्दा बैंकहरुले लगानी बढाउन सकेको छैनन् । त्यसैगरी बैकिङ क्षेत्रले अधिक तरलता हुदाँ पनि बैकको ब्याजदर घटाउन सकेको छैन । बैकिङ क्षेत्रमा थुप्रिएको नगद तरलताको ब्यवस्थापन हुन नसके पछि राष्ट्र बैकले बैक तथा वित्तीय सस्थाहरुलाई तरलता ब्यवस्थापन गर्न निर्देशन दिएको हो । उद्योग बाणिज्य महासघ, नेपाल उद्योग परिसघ, चेम्वर अफ कमर्स जस्ता संस्थाहरुले बैकिङ क्षेत्रले ब्याज घटाउनु पर्नेमा जोड दिदै आएका छन । राष्ट्र बैकले पटक पटक बजारबाट तरलता खिच्ने प्रयास गदै रिर्भस रिपो जारी गदै आएको छ ।

LIVE TV