१८ माघ २०७२, सोमबार

भारतको गुवाहटी र सिलोङमा हुने १२ औं दक्षिण एशियाली खेलकुद सागमा सहभागी हुने नेपाली खेलाडीहरु त्यसतर्फ प्रस्थान गर्ने कार्य सुरु भएको छ । सोमबार सागमा सहभागी हुन भारत प्रस्थान गरेका खेलाडीहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिदै विदाई गर्नु भएको छ । काठमाडौंको त्रिपुरेश्वर स्थित खेलाडीहरुलाई विदाई गर्नुहुदै राष्ट्रपति बिद्यादेबी भण्डारीले खेलकुदले राष्ट्रको प्रतिष्ठा र पहिचान झल्काउने भएकाले सफल भएर आउन शुभकामना दिनुभयो । उँहाले खेलकुदको क्षेत्रमा सम्बन्धित मन्त्रालय र खेलकुद परिषदले खेलाडीहरुको आवश्यक क्षेत्रमा ध्यान दिनुका साथै खेलकुद क्षेत्रको विकासमा ध्यान दिने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा खेलकुदमन्त्री सत्यनारायण मण्डलले फुटबल र क्रिकेट क्षेत्रमा नेपाली खेलाडीहरुले सफलता हासिल गरिरहेको समयमा भारतमा हुन लागेको सागमा पनि नेपाली खेलाडीहरुले गर्विलो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । १२ औ साग खेलकुदमा बिभिन्न २३ खेलहरु समावेश गरिएका छन् भने नेपालको तर्फबाट ३ सय ८४ जना खेलाडीहरु सहभागी हुदैछन ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV