१८ माघ २०७२, सोमबार

कास्कीको पोखरामा रहेको प्रसिद्ध फेवातालसहित आसपासका ९ वटा सिमसारक्षेत्रहरु रामसारक्षेत्रमा सुचीकृत हुनेभएका छन । पोखरामा मंगलबार विशेष कार्यक्रमको आयोजना गरी यी प्राकृतिक सम्पदा विश्वरामसार सूचीमा सूचीकृत भएको घोषणा गर्ने तयारी गरिएको छ ।

कार्यक्रमका लागि साइटिस महासन्धि सचिवालयबाट विज्ञहरु पोखरा पुगेका छन् । विश्व सिमसार दिवसका दिन विज्ञटोलीले कास्कीका ९ वटा ताल रामसारसूचीमा परेको औपचारिकपत्र सरकारलाई दिनेभएको छ । कास्कीको फेवाताल, रुपाताल,वेगनाशताल,कमलपोखरी,खास्टे,गुइडे, नेउरेनी,दिपांग र मैदीताल रामसारसूचीमा समेटिने छन् । देशका सिमारक्षेत्र विश्वरामसार सूचीमा समेटिएपछि तिनको अन्तरराष्ट्रिय महत्व वृद्धि हुने र पर्यटन विकासमा बल पुग्नेछ । यस अघि नेपालका ९ वटा सिमसारक्षेत्र रामसारसुचीमा सुचीकृत भइसकेका छन् । इलामको माईपोखरी, सोलुखुम्बुको गोक्योताल,सुनसरीको कोशीटप्पु,रसुवाको गोसाइंकुण्ड,चितवनको बीसहजारी,कपिलवस्तुको जगदीशपुरताल, कैलालीको घोडाडोडी ताल, मुगुको राराताल र डोल्पाको शे फोक्सुण्डोताल विश्वरामसारसूचीमा परिसकेका छन् । कास्कीको फेवासिहतका तालहरु रामसार सूचीमा परेपछि नेपालबाट रामसारमा सुचीकृत हुने सिमसारको संख्या दश पुग्नेछ । सन् १९८७ देखि रामसार महासन्धिको पक्षराष्ट्र बनेको नेपालले कास्कीका नौ सिमसारक्षेत्रलाई रामसारमा सूचीकृत गर्न राष्टिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गत महिना स्वीटजरलण्डस्थित महासन्धिको सचिवालयमा प्रस्ताव गरेको थियो ।

LIVE TV