बंगलादेशमा जारी अण्डर नाईन्टिन विश्वकप क्रिकेट अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल भारतसंग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको १ सय ७० रनको लक्ष्य भारतले ३ विकेट गुमाएर मात्र १८ ओभर १ बलमा पूरा गरेको थियो । जवाफी व्याटिङमा आएको भारत सुरुवातदेखि नै आक्रामक बन्दा ओपनर रिशव पन्तले २४ बलमा ७८ रनको विष्फोटक प्रदर्शन गरे । प्रेम तामाङको वलमा बोल्ड हुनुअघि उनले ९ चौका र ५ छक्का प्रहार गरेका थिए । अर्का ओपनर इशान किसानले पनि ५२ रनको अर्धशतकीय पारी खेले ।
भारतका लागि सर्फराज खानले २१ रन थपे । भारतीय इनिङमा १८ चौका र ८ छक्का प्रहार भएको थियो । यसअघि मिरपुरस्थित शेर ए बंगला रंगशालामा टस हारेर व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४८ ओभरमा ८ विकेट गुमाएर १६९ रन मात्र जोड्न सक्यो । नेपालको ब्याटिङमा ओपनर सन्दिप सुनार, आरिफ शेख, राजवीर सिंह र प्रेम तामाङको योगदान महत्वपूर्ण रहृयो । सुनारले नेपालका लागि सर्वाधिक ३७ रन बनाउदा आरिफले २६, राजवीरले ३५ र प्रेम तामाङले अविजित २९ रन नेपालको खातामा जोडे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा समेत आफुलाई उभ्याउन सकेनन् । बलियो प्रतिद्वन्दी भारतबिरुद्ध नेपाल आरम्भ देखि नै कमजोररुपमा पेश भएको थियो । नेपालले पहिलो विकेटका रुपमा सुनील धमलालाई पहिलो ओभरमै शून्य रनमा गुमायो । त्यसपछि आएका योगेन्द्र सिंह कार्कीले पनि ७ रनमात्र बनाउन सके । कप्तान राजु रिजालको प्रदर्शन यसपटक चुके । उनी ६ रनको व्यक्तिगत स्कोरमा पेविलियन फर्किएका थिए ।
पााचौं नम्बरमा व्याटिङ गर्न आएका उपकप्तान आरिफ शेखले २६ रन जोड्दै टिमलाई उकास्ने प्रयास गरे । उनले राजवीर सिंहसाग मिलेर २८ रनको साझेदारी गरे । दीपेन्द्र ऐरी र कुशल भुर्तेल क्रमशः १ र ६ रनको व्यक्तिगत स्कोरमा पेविलियन र्फकदा प्रेम तामाङले इनिङको अन्त्यतिर केहि सटहरु खेल्दै नेपालको स्कोरमा केही राहत थपेका थिए । पराजयका बाबजुद नेपाल बिश्वकपको समूह डी बाट उपबिजेता बन्दै क्वाटरफाइनलमा प्रबेश गरेको छ । नेपालले सेमिफाईनल प्रबेशको लागि समूह ए को बिजेतासंग प्रतिस्पर्धा गर्नेछ ।