१८ माघ २०७२, सोमबार

दिपेन्द्र दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘सुखानी साहदत’ को प्रचार सामग्री र गीत आईतबार राजधानीमा एक समारोह बीच लोकार्पण भयो ।
vlcsnap-2016-02-01-13h09m24s164
तात्कालिन पञ्चायती शासन बिरुद्ध आन्दोलन गर्दा राज्यपक्षको शिकार भएर झापाको सुखानीमा साहदत प्राप्त गरेकाहरुको कथालाई अब चलचित्रमा देख्न पाईने भएको छ ।’सुखानीमा पाँच व्यक्तिले साहदत प्राप्त गरेको दिन फागुन २१ गते यो चलचित्रको राजधानी र मोफसलका केही हलमा विशेष प्रदर्शनी गरिने निर्देशक दीपेन्द्र दाहालले जानकारी गराए ।
vlcsnap-2016-02-01-13h49m49s53
यो चलचित्रमा तीन वटा गीत छन् । निर्देशक दाहालले लेखेको यो गीतमा जुगल डँगोलको संगीत र राजेश पायल राई, निशा देशार, केञ्जुमा सुब्बा, रामकृष्ण दुवाल, सानुबाबु महर्जनको स्वर छ । माधव पौडेल र कविता आले मगरले निर्माण गरेको चलचित्रमा उपेन्द्र तिमिल्सिना, शुशिल पोखरेल, अञ्जु निरौला, प्रकाश धिताल, कविता आले, इश्वर बल्लभ जोशी, सुदीप कुँवर, लक्ष्मी चौधरीको अभिनय छ ।
vlcsnap-2016-02-01-13h07m38s251
रत्न कार्कीको छायांकन, कुमार महर्जनको द्धन्द्ध निर्देशन, गोबिन्द प्रभातको नृत्य निर्देशन रहेको यो चलचित्र आगामी बैशाखमा प्रदर्शन गरिनेछ ।सूचना सञ्चार तथा प्रविधि मन्त्री शेरधन राइले ‘सुखानी साहदत’का गीति एल्मब र पोष्टर बिमोचन गर्दै भने,-‘हिजोका जहानिय शासन, पाञ्चायत शासन बिरुद्ध साहदत प्राप्त गर्नु भएका तिनै सहीदहरुको योगदानका कारण आज हामीले गणतन्त्र र नयाँ सँविधान पाएका हौं । अब हामीले ती सहीदहरुको सपना साकार गर्नु पर्ने छ ।

LIVE TV