
दुर्गिस फिल्मले पहीलो निर्माण गरेको फिल्म सायद फिल्मको सिक्वेल फिल्म सायद २ फिल्मको कलाकारहरुको फाईनल भएको छ । सुशिल श्रेष्ठ, सन्ध्या केसि, अमृत ढुङ्गाना र आशिरमान देशराज श्रेष्ठ लगाएतका कलाकारहरु फाईनल भएका हुन् ।
सुनिल रावलका अनुसार यस फिल्मलाई बैशाख देखि छायाँकन सुरु गर्ने बताएका छन् । फिल्मलाई पुष्पराज न्यौपानेले निर्देशन गर्ने भएका छन् । त्यस्तै पुरषोत्तम प्रधानको छायाँकन, बुद्धिलाल मगरको निर्माण तथा सुरेन्दै पौडेलले सम्पादन गर्ने भएका छन् ।
सुशिलले होस्टेल रीटर्नस् पछि पुनःदुर्गिस फिल्म सँग टिमअप गर्दैछन् । त्सस्तै आशिरमान देशराज श्रेष्ठले पनि यसै फिल्म बाट डेब्यु गर्ने भएका छन् । योङ्गस्टार ड्रामा जन्रमा यस फिल्मकको स्कृप्ट सन्तोष लम्साल र निर्देशक न्यौपानेले लेखेका हुन् । कम्पनिका प्रमुख सुनिल रावलले उक्त जानकारी गराएका हुन् ।