१८ माघ २०७२, सोमबार

सन् २०१६ को सरुवात हुदै गर्दा बलिउडका प्रेमजोडिहरुको सम्बन्धमा पनि ब्रेकअपको सुरु भएको छ । बर्षकै सुरुवातमा कट्रिना कैफ र रणवीर कपुरको ब्रेकअप भएको थियो । फरहान अख्तार र अधुना अख्तारको सम्बधमा पनि ताला लाग्यो । अरबाज र मलाईकाको सम्बन्धमा पनि खलल भएको थियो ।
anushka
त्यस्तै अहिले नायिका अनुष्का शर्मा र क्रिकेटर बिराट कोहलीको सम्बन्ध पनि ब्रेकअप हुने आंकलन देखिएको छ । समाचारमा आएनुसार अनुष्का र बिराटले एक अर्काको ईस्न्टाग्राममा अनफलो गरेका छन् । मिडिया रीपोर्टस्का अनुसार बिराट र अनुष्काले आ–आफ्नो अकाउन्ट बाट अनफलो गरीसकेका छन् ।
birat
यसै रीपोर्टसका अनुसार बिराटका फ्यान अकाउन्ट चलाउनेवाला एक फ्यानले भनेका छन् की “पछिल्लो केहि दिन बाट बिराटको ईन्स्टाग्रम अकाउन्टमा चिन्ता भईरहेको छ । जस्ले उनको अकाउन्ट चलाउँछ अटोमेटिकल्लि ब्लग र अनफलो हुन्छ । ” मिडियाहरुमा उनिहरुको यस्तो समाचार आईसक्दा पनि उनिहरु दुवैले आधिकारीक घोषण भने गरेका छैनन् ।

LIVE TV