१८ माघ २०७२, सोमबार

एजेन्सी – उत्तरी इटालीको एउटा सानो सहरमा २८ वर्षमा पहिलोपटक एउटा शिशुको जन्म भएको छ । एक साताअघि जन्मिएका पाब्लो नामका यी शिशु पिडमोन्ड क्षेत्रको ओस्टानाका सबैभन्दा कान्छा बासिन्दा हुन् । तिनका अभिभावकले बच्चालाई टुरिनस्थित अस्पतालबाट घर जाँदा स्थानीयले खुसीयाली मनाएका थिए । यो सानो सहरमा बसोबास गर्ने ती शिशु ८५ औं बासिन्दा भएका छन् ।

baby]

‘सुरुमा त मलाई विश्वासै लागेको थिएन,’ सहरका मेयर गियाकोमो लिम्बार्डोले सिएनएनसँग भने, ‘यो समाचारले मलाई पनि आश्चर्यचकित बनायो । यो त सपना साँचो भएजस्तै हो ।’ ओस्टानो सहरका करिब आधा जनसंख्या वर्षको सबै महिना बसोबास गर्छन् । पाब्लो र उनको परिवार पनि यो सहरका स्थायीबासिन्दा हुन् । उनको परिवारमा पिता बर्डुगो भालेलागो, आमा सिल्भिया रोभरख र दिदीहरु क्लारा र एलिस छन् । यो परिवार सहरको कुल जनसंख्याको १० प्रतिशत हो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

LIVE TV