
विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकी मुलुकहरुमा फैलिएको जीका भाइरस अन्य मुलुकहरुमा पनि फैलनसक्ने खतरा रहेको चेतावनी दिएको छ । अमेरिकासँग नेपालको पनि प्रत्यक्ष सम्पर्क रहने गरेकोले यो भाइरस नेपालमा पनि भित्रिन सक्ने भन्दै स्वास्थ्य बिभाग रोग नियन्त्रण तथा इपिडियोमियोलोजी कार्यालयले पूर्व सतर्कता अपनाउँन अपिल गरेको छ । उसले नेपालबाट बिशेषगरि गर्भवती महिलाहरुलाई तत्काल अमेरिका लगायत जीका भाइरस संक्रमित देशहरुमा नजान सुझाब दिएको छ ।
जीका भाइरस रोगले प्रभाबित व्यक्तिमा रुघा लाग्ने, आँखा पाक्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने जस्ता सामान्य रुघाखोकिमा देखिने जस्तै लक्षणहरु देखापर्दछ । रोगले संक्रमण गरेको पहिलो हप्तामा बिरामीको रगतमा यो रोगका जीवाणु भेटिन्छन् र सो बिरामीलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई सजिलै यो रोग सार्न सक्ने विशेषज्ञहरु बताउँछन् । संक्रमण भएका ५ मध्ये १ व्यक्तिमा जिकान भाइरसको संक्रमण पूर्ण रोगको रुपमा बिकसित हुन्छ । अहिले सम्ममा उत्तर तथा दक्षिण अमेरिकी गरी जम्मा २१ देशहरुमा यो रोगका बिरामीहरु भेटिएका छन् । यो रोगले खासगरी भ्रुणलाई गर्भाबस्थामै प्रभाव पार्दछ र मस्तिस्कको स्वाभाविक विकास हुन पाउदैन । जसका कारण पछि जन्मने नवजात शिशु सानो आकारको दिमाग अर्थात mष्अचयअभउजबथि लिएर पैदा हुन्छन् । यो रोगको उपचार तथा खोप अहिलेसम्म पत्ता नलागेको हुनाले प्रारम्भिक रोकथामको लागि प्रभावित देशका महिलाहरुलाई अर्को २ – ४ बर्ष गर्भवती नहुन सार्वजनिक रुपमै आग्रह गरिएको छ । नेपालमा पनि संक्रमणको सम्भावना रहेकाले सचेत हुन र गर्भवती महिलाहरुलाई प्रभावित देश नजान स्वास्थ्य बिभाग प्रकोप नियन्त्रण तथा इपिडियोमियोलोजीका प्रमुख डा बाबुराम मरासिनीको सुझाब छ । अफ्रिकी मुलुकबाट फैलिएको आशंका गरिएको यो रोग दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सर्बप्रथम देखापरेको थियो । यो संक्रमणको सबैभन्दा ठूलो चिन्ता भनेको गर्भमा रहेको बच्चाहरुमा त्यसको प्रभाव नै रहेको डा मरासिनीको भनाइ छ । जीका भाइरस एडिज जातको लामखुट्टेले सार्ने हुँदा ट्रोपिकल मौसम भएका देशहरुमा फैलन सक्छ । एडिज जातको लामखुट्टेले सार्ने डेंगु तथा चिकनगुन्या नेपालमा गर्मी महिनामा देखापर्ने रोगहरु हुन् । यहि कारण नेपाल लगायतका देशहरुमा यो रोग भित्रन सक्ने प्रवल सम्भावना रहेको हुँदा नेपाल सरकारले जनस्वास्थ्य संस्थाहरु मार्फत जीकाभाइरसको निगरानी गर्दै सर्ब साधारणलाई यो रोगको बारेमा सूचना जारी गरी सचेत गराउनु आवश्यक देखिन्छ ।