१७ माघ २०७२, आईतवार

मोवाईल तपाईँको हरपलको साथी हो । यो यस्तो साथि जसले अरु आफन्त र साथीहरुलाई नजिक राखिराख्छ । कतिपय मानिसहरु त मोवाईल साथमा भएन मात्र भने छट्पटाउन थाल्छन् । त्यतिमात्र नभई कयौँ अत्यावश्यक डकुमेन्टस अनि नम्बरहरु मोवाईलमै सेभ गरेर राखिएका हुन्छन् । यति महत्वपूर्ण मोवाईल हरायो भन्ने चिन्ता नलिनुस् अब बरु यस्ता विषयमा सावधान रहनुहोला । देशभर पाँच हजार भन्दा बढी मोवाईल चोरी तथा हराएको भन्दै प्रहरीकोमा कारवाहीका लागि उजुरी परेका छन् ।

vlcsnap-4823-09-03-14h14m37s658  vlcsnap-2273-11-27-11h33m14s006

तर उजुरी संख्याको तुलनामा फेला पर्ने दर निकै कम छ । हराएका र चोरी भएकामध्ये कतिपय आपराधिक कृयाकलापमा प्रयोग भएका छन् । त्यस्ता मोवाईलको प्रयोग अपराधिक धन्दामा भएको पाइए सुरुमा अपराधी होइन तपाईँ शंकाको घेरामा पर्न सक्नुहुन्छ । त्यसैले पनि सस्ता वा महंगा जस्ता सुकै मोवाईल हराएपनि फेला पार्ने प्रयास गर्नु पर्छ ।

LIVE TV